Living with someone with Bipolar disorder
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- Anonymousमानिसले समय–समयमा दुखित, उदास र सुस्तपनाकोे अनूभुित गर्दछ, कसैले यस्तो अनुभव केही छोटो समयको लागि गर्दछ भने कसैले केही लामो समयसम्म (हप्ता, महिना वा बर्षदिन) सम्मपनि गर्दछ र यो यस्तो भावनाहरूको अनुभव कहिले काँही बिनाकारण नै अली कडारुपले अनुभव हुने गर्दछ । उदासीपना मात्र मुडको कुरा होइन यो एक गम्भीर स्थिति पनि हो जहाँ मानीसको साारीरिक तथा मानसिक स्वास्थ्यलाई पनि प्रभावित गरीरहेको हुन्छ ।
सँकेत र लक्षण
यदी दुई हप्ता वा सो भन्दा बढी समयसम्म दुखित, सुस्त वा धेरै समय सम्म सोचमग्न अवस्थाको अनुभव भैरहेको छ वा दैनिक कृयाकलापमा इच्छा लाग्न छाडेको अथवा भनौ तल उल्लेख गरीएका तीनवटा बर्गका बिभिन्न सँकेत र लक्षणहरूको अनुभव भैरहेको छ त्यो अबस्था उदासीपनाको अबस्था हुनसक्छ ।
बुझ्नु पर्ने महत्वपूर्ण कुरा के छ भने मानीसले समय–समयमा यी मध्ये केही लक्षणहरू अनुभव गरीरहेका हुन सक्छन तर त्यसो हुँदैमा त्यो सबै अबस्था उदासीपनाको हो भन्ने चाहीँ होइन । त्यस्तै, उदासीपनाको अनुभव गरिरहेको जो कोहीमा यी सबै लक्षणहरू नहुनपनि सक्छन् ।
यदि तपाईलाई लाग्छ कि तपाईलाइइ उदासीपनाको सामना गरीरहनु परेको छ भने हाम्रोमा उल्लेख भएको जाँच तरीका अपनाउनुहोस् जो तपाईलाई आफ्नो अवस्था थाहा दिनका लागि तपाइले आफै अपनाउन सक्ने एउटा छिटो, सहज र गोपनीय तरिका हो । जाँच तरीकाले तपाइको समस्याको बास्तबीक निराकरण गर्दैन त्यसको लागि त चिकीत्सक वा स्वास्थ्यकर्मीलाई देखाउनु पर्छ, यो जाँच तरीकााले मात तपाईलाई तपाइको अवस्थाको बारेमा बुझ्न सहयोग गर्दछ ।
उदासीपनाको उपचार
उदासीपनाबाट छुटकारा पाउने कुनै प्रमाणित तरिका नहुन सक्छ र प्रत्येकको लागि तरीका फरक फरक पनि हुन सक्छ । तथापी खुुसीको कुरा के छ भने यहाँ प्रभावकारी उपचारका धेरै विधिहरू उपलब्ध छन् र तपाई आफ्नो तरीकाले आफुलाई उपयुक्त लाग्ने कुने उपायको छनौट गर्न सक्नु हुन्छ ।
स्वस्थ र राम्रो रहनका लागि गर्नसक्ने धेरै कुराहरू छन् । महत्वपूर्ण कुरा त के हो भनेको आफ्नो आवश्यकता अनुसार सही उपचार र सही चिकित्सक पत्ता लगाउनु हो ।
उदासीपनाको मनोबैज्ञानिक उपचारहरू
मनोबैज्ञानिक उपचारहरु (जसलाई थेरापी लिने भनी भनीन्छ) ले मानीसलाई उसको सोँच्ने तरिका र आफ्नो अवस्था सुधार्नमा सहगोग गर्दछ । यसले जीवनमा आइपरेका तनाव र तथा दुबीधाहरुसँग जुध्न सहयोग पुर्याउँद छ । त्यसैगरी मनोबैज्ञानिक उपचारले मानीसलाइ नकारात्मक बिचार र व्यवहार पहिचान गरी त्यसको परिवर्तन गरेर स्वस्थ रहन सहयोग गर्छ ।
उदासीपनाका विभिन्न किसिमका प्रभावकारी मनोबैज्ञानिक उपचारहरु वा विभिन्न बिधिहरू पनि छन् । कसैले कुनै दक्ष व्यक्तिहरुसँग एक्लै उपचार गराउन रुचाउँछन् भने कसैले सामुहिकरुपमा उपचार गराउन मन पराउँछन । यहाँ बढ्दो संख्यामा अनलाइन कार्यक्रम वा इ–थेरापीहरु पनि उपलब्ध छन् ।
उदासीपनाको चिकित्सा उपचार
उदासीपनाको लागि मुख्य उपचार एन्टीडिप्रिसेन्ट औषधी हो । एन्टीडिप्रिसेन्ट औषधीको बारेमा मानीसहरुमा धेरै गलत जानकारीहरु पनि रहेकाछन् । यसले कसरी काम गर्छ भन्ने बारेमा कुनै सरल वा स्पष्ट जानकारी पनि नभएको हुनसक्छ । यो सामान्य देखि गम्भीर उदासीपनाका र चिन्ता सम्बन्धि बिकारहरुको उपचारमा धेरै उपयोगी हुनसक्छ ।
यदी तपाई सामान्य देखि गम्भीर उदासीपनाको अनुभव गरिरहनु भएको छ भने तपाईलाई चिकित्सकले मनोबैज्ञानिक उपचारको साथमा एन्टिडिप्रिसेन्ट औषधी सेवनको सुझाव दिन सक्नेछन । जब अरु उपचारहरु सम्भव हुँदैनन् वा गम्भिर अवस्था रहेको छ वा अन्य उपचार पद्धतीमा पहुँच छैन भने त्यो अवस्थामा पनि कहिलेकाही एन्टिडिप्रिसेन्ट औषधाीको सुझाव दिइन्छ ।
बढी गम्भीर स्वरूपका उदासीपनाको अवस्थामा सामान्यतया अन्य उपचार तरीकाहरुको साथसाथै औषधीसहित पनि उपचार गरिनुपर्छ । यसमा मुड–स्टाबिलाइजर, एन्टी साइकोटिक औषधी र एन्टीडिप्रिसेन्टको संयोजन गरीएको पनी हुनसक्छ ।
अरू सहायक श्रोतहरू
उदासीपनाको उपचार नगरी त्यत्तीकै छाडीयो भने यो महिनौ वा बर्षौं सम्म पनि लम्बिन सक्छ । खुशीको खबर भनेको यहाँ बिभिन्न प्रभावकारी उपचारहरू उपलब्ध छन् र तपाईं आफू निको र स्वस्थ रहने बिभिन्न तरिकाहरु पनि छन् ।
फरक मानिसहरुलाई फरक उपचा बिधिहरु उपयोगी साबीत हुन्छन । आफ्नो लागि उत्तम उपाएको छनौटमा चिकित्सकको सल्लाह लिनु उत्तम हुन्छ । यदी तपाईंले उपचारको पहिलो चरण सुरु गर्नुभएको छ र चिकित्सकसँग उपचार विकल्पहरुको बारेमा कुरा पनि गर्नुभएको छ भने आफ्नो जीवनशैली मा परिवर्तन ल्याउन र सामाजिकरुपमा सहयोग प्राप्त गर्नका लागि थप निम्नलिखित उपायहरु लगाउन सक्नुहुन्छ । धेरै ब्यक्तिहरूलाई बिभिन्न कुराहरुको सामुहीक प्रयासले राम्रो काम पनि गर्दछ ।
सम्भीनु पर्ने कुरा यो पनि हो की निको हुन समय लाग्न सक्छ । एक व्यक्तिको अबस्था अन्य भन्दा फरक हुनसक्छ यसैगरी उपचार र निको हुने तरीका पनि भिन्न हुन सक्छ । धैर्यताका साथ आफ्ना लागि वातावरण सहज बनाउनु पर्दछ ।
तपाईंमा यदी चिन्ता वा उदसीपनाका लक्षण छन भने यो साधारण परिक्षण लिनुहोस्:
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- AnonymousTalking about mental health is the first step to breaking the stigma. The key to changing stereotypical ideas and society’s attitudes and behaviour toward mental illness is to increase
-- MHAMental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,
-- MHA