मानसिक स्वास्थ्य के हो?

यो एक अभिव्यक्ति हो जुन हामी हरेक दिन प्रयोग गर्छौं । त्यसैले " मानसिक स्वास्थ्य" शब्द बारम्बार गलत बुझियको छ भन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ।

"मानसिक स्वास्थ्य" प्रायजसो मानसिक स्वास्थ्य अवस्थाहरुको एक बिकल्पको रुपमा प्रयोग गरिन्छ जस्तै उदासी, चिन्ताका अवस्थाहरु, एकप्रकारको पागलपन र यस्तै अरु ।

विश्व स्वास्थ्य संगठनका अनुसार, मानसिक स्वास्थ्य भनेको "एक कल्याणको अवस्था हो जसमा प्रत्येक व्यक्तिले आफ्नो क्षमताको अनुभव गर्छ, जिवनमा आउने सामान्य तनाव सामना गर्नसक्छ, उत्पादनमुलक र फलदायी काम गर्न सक्छ र उसको समाजमा योगदान गर्न सक्षम हुन्छ।"

"मानसिक स्वास्थ्य बिरामीपना भन्दा पनि कल्याणको अवस्था हो।"

मानसिक स्वास्थ्यले दैनिक जिवन, सम्बन्ध, र शारीरीक स्वास्थ्यलाई पनि प्रभावित पार्न सक्छ। मानसिक स्वास्थ्यले जिवनका गतिबिधिहरु र मनोबैज्ञानीक लचकता प्राप्त गर्न गरेका प्रयाशहरु विच सन्तुलन प्राप्त गर्न जिवनमा आनन्द उठाउन सक्ने क्षमता पनि समाबेश गर्दछ।

मानसिक स्वास्थ्यले हाम्रो भावनात्मक, मनोबैज्ञानीक, र सामाजिक कल्याण समेट्छ। यसले हामी कसरी सोच्छौ, महसुस गर्छौ र काम गर्छौ लाई पनि प्रभावित गर्छ। यसले हामी कसरी तनाव सम्हाल्छौ, अरुसँग आफुलाई सम्बन्धित गर्छौ र छनौठ गर्छौ भनी निर्धारण गर्न पनि सहयोग गर्छ। मानसिक स्वास्थ्य वाल्याअवस्था र किशोरावस्थादेखि वयस्क अवस्थासम्म जिवनका हरेक चरणमा महत्वपूर्ण छ।

जिवनकाल भरिमा यदी तपाईंले मानसिक स्वास्थ्य समस्या अनुभव गर्नुभयो भने तपाईंको सोचाइ, मनस्थिती र व्यबहारहरु प्रभावित हुन सक्छन्। जैविक तत्वहरु जस्तै अनुबन्स वा मस्तिस्क रसायन; जिवन अनुभवहरु, जस्तै पिडा र दुर्व्यबहार; मानसिक स्वास्थ्य समस्याको पारिवारिक ईतिहास लगायत का धेरै तत्वहरुले मानसिक स्वास्थ्य समस्यालाई बढावा दिन्छ।

मानसिक बिमारी के ले निम्त्याउछ?

जब हामी ठोस रुपमा खास मानसिक बिमारी के ले निम्त्याउछ भन्ने जाँन्दैनौ, धेरै कुराहरु प्रायजसो यसको विकाससँग जोडीएका हुन्छन्। मानसिक बिमारी प्रायजसो एउटा तत्कालिन बिषय र घटना भन्दा पनि पछील्ला घटनाहरु र अरु दिर्घकालिन ब्यक्तिगत तत्वहरुको सँयोजनबाट उत्पन्न हुन्छन्।

यो एउटा महत्त्वपूर्ण जानकारी हो, त्यसैले हामी मानसिक स्वास्थ्यलाई "कमजोर मन" को उपज नभै स्वास्थ्य अवस्थाहरुको रुपमा बुझ्दछौ।

जिवन घटनाहरु

सोधले सुझाउछ कि जिवनका पछील्ला तनावहरु भन्दा जारी समस्याहरु-दिर्घकालिन बेरोजगारी, अपमानजनक र अहेरचाहको सम्बन्धमा बस्नु, दिर्घकालिन अलगाव र एक्लोपना, लामो समयसम्मको कामको तनाव ले उदासी जस्ता मानसिक बिरामी ल्याउने समस्या बढी हुन्छ। तथापी यदी तपाईं पहिले नै पुराना खराब अनुभवहरु वा व्यक्तिगत कारकहरुको कारणले जोखिममा हुनुहुन्छ भने पछील्ला घटनाहरु (जस्तै जागिर गुमाउनु) वा घटनाहरु को सँयोजनले उदासी जस्ता मनसिक बिमारी बढाउन सक्छ।

व्यक्तिगत कारकहरु

पारिवारिक ईतिहास- मानसिक अवस्थाहरुको चिन्ताप्रती अनुबन्सिक पुर्वस्वभाव हुनसक्छ र यि अवस्थाहरु परिवारमा आउन सक्छन। तथापी आमाबुवा वा नजिकको आफन्तले मानसिक स्वास्थ्य अवस्था अनुभव गरेको भन्नु को अर्थ यो होइन कि तपाईंमा स्वभाविक रुपमा मानसिक अवस्था बिकास गर्नु हुनेछ। उदासी र तनाव परिवारमा आउन सक्छन र केही व्यक्तिहरुको जोखिममा ब्रिद्धी हुनेछ। जिवन परिस्थिती र अरु व्यक्तिगत कारकहरुको फेरीपनि एक महत्वपूर्ण प्रभाव रहने सम्भवना हुन्छ।

व्यक्तित्व- यदी केही व्यक्तिहरु उनिहरुको व्यक्तित्वको कारणले गर्दा मानसिक बिमारीको अधिक जोखिममा हुन सक्छन्। बिशेषरुपमा व्यक्तिमा बढी चिन्ता लिने, न्युन आत्मसम्मान भयका, पूर्णतावादी, व्यक्तिगत आलोचना प्रती सम्बेदनशील वा आत्मआलोचक र नकारात्मक प्रब्रित्ती भयमा उदासी बिकासित हुने सम्भावना बढी हुन्छ। त्यसैगरी बच्चाहरु हो पूर्णतावादी, सजीलई घबराउने, सजिलई डराउने, अवरोधित, आत्मसम्मानको अभाव भएको वा सबै कुरा नियन्त्रण गर्न खोज्ने छन, तिनले कहिलेकाही वाल्यावस्था, किशोरावस्था वा युवक अवस्थामा उदासी बिकसित गर्दछन।

गम्भिर चिकित्सा बिमारी-यदी तपाईं दिर्घकालिन प्रबन्ध रवा पुरानो पिडाबाट बाहिर निस्किन खोज्दै हुनुहुन्छ भने तपाईंलाई गम्भिर बिमारिसँग मुकाविला गर्ने तनाव र चिन्ताले उदासी हुनसक्छ।

लागुपदार्थ र मदिरा प्रयोग-लागु पदार्थ र मदिरा दुवै को प्रयोगले उदासी हुनसक्छ र उदासीको कारणबाटपनि त्यसको प्रयोग हुनसक्छ। केही व्यक्तीहरु जो चिन्ता अनुभव गर्दछन तिनले निजको अवस्था व्यवस्थापना गर्न मदिरा र अरु लागु पदर्थको प्रयोग गर्दछन। केही अवस्थाहरुमा, उनिहरुको तनावको अवस्था सँगै यसले मान्छेहरुलाई पर्याप्त प्रयोगको समस्या विकास तर्फ डोर्याउछ।

जारी तनावपूर्ण घटनाहरु

एक वा एक भन्दा बढी तनावपूर्ण जिवन घटनाहरुका कारणले मानसिक अवस्थाहरु बिकसित हुन सक्छन। साझा आरम्भकहरुले निम्नलिखित कुराहरु समाबेश गर्दछ:

  • कार्य तनाव र जागिर परिवर्तन
  • बस्ने व्यवस्थामा परिवर्तन
  • गर्भावस्था र जन्म दिनु
  • परिवार र सम्बन्ध समस्याहरु
  • तनावपूर्ण र आघातपूर्ण घटनापछिको मुख्य भावनात्मक झड्का
  • शाब्दिक, यौनिक, शारीरीक वा भावनात्मक दुर्वव्यवहार र आघात
  • कोही प्रियजनको मृत्यु वा विछोड

मस्तिस्कमा परिवर्तन

यद्धपी यस जटिल क्षत्रमा धेरै सोध भयका छन तरपनि त्यहा अझै हामीले नजानेको धेरै छ। उदासी केवल 'रसायनिक असन्तुलन' को पारीणाम होइन, किनकी उदाहरणको लागि तपाईंसँग विशेस मस्तिस्क रसायन पर्याप्त छैन वा अपर्याप्त छ। यो जटिल छ, र प्रमुख उदासीका कयौ कारणहरु छन। आनुवन्सिक जोखिम, गम्भिर जिवन तनाव, पदार्थ जो तपाईं सेवन गर्नसक्नुहुन्छ (केही औषधीहरु, लागु पदार्थ र मदिरा) र चिकित्सकिय स्थितीहरु तपाईंको मनस्थितीलाई नियन्त्रण गर्ने तरिकालाई प्रभावित गर्न सक्छन।

सम्झिनुहास......

प्रत्यक व्यक्ती फरक छ र यो कारकहरुको सँयोजन हो जसले मानसिक अवस्था विकास गर्न लगानी गर्छ। यो सम्झिनु महत्त्वोपूर्ण छ कि तपाईं सधैं अवस्थाको कारण पत्ता लगाउन वा अप्ठ्यारा परिस्थितीहरु पारीवर्तन गर्न सक्नुहुन्न। सबै भन्दा महत्वपूर्ण कुरा भनेको सँकेत र लक्षणहरु पहिचान गर्नु र समर्थन खोज्नु हो।

Stories

Living with someone with Bipolar disorder

My mom is a sufferer of bipolar disorder. Her condition first developed when..

-- Anonymous

Let's Talk

Talking about mental health is the first step to breaking the stigma. The key to changing stereotypical ideas and society’s attitudes and behaviour toward mental illness is to increase

-- MHA

State of well-being

Mental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,

-- MHA
Top