युवाहरूमा आत्महत्या

तपाईले माया गर्ने कुनै व्यक्तिले आफ्नो ज्यान लिने बारेमा सोचिरहेको छ भन्ने थाहा भएमा, त्यो भयाभय र दुखद् लाग्न सक्छ। आत्महत्याको रोकथाम, यसको संकेतहरुको समयमै पहिचान गरी स्वास्थ उपचार गर्न सकिन्छ।

चिन्ता र उदासीपन भएका युवाहरुमा दु:ख एवं निराशपनको भावना आउनु अस्वभाविक होइन । तर धेरै युवाहरुमा आत्महत्याको सोच आएतापनि, थोरैले मात्रै त्यसलाई एउटा वास्तविक विकल्पको रुपमा लिन सुरु गर्छन. उनिहरुले महशुस गरिरहेका अत्याधिक पीडा र असहिय दु:खको अन्त्य गर्ने एक मात्र विकल्पको रुपमा यसलाई लिन्छन् । प्राय, आत्महत्या गर्ने युवाहरु मर्न चाहदैनन् भन्ने कुरा थाहा पाउन जरुरी छ। पीडासँग सामना गर्न सक्ने उपायहरु नहुनाले उनीहरु आफ्नो अगाडी केवल निराशा मात्रै देख्छन्। स्वास्थ्य सहयोग प्राप्त गरेपछि, उनिहरुले आफ्ना पीडाहरुलाई व्यवस्थापन गरी संकटबाट पार हुन सक्ने उपायहरु पत्ता लगाउन सक्छन्।

युवाहरुद्वारा आत्महत्या सम्बन्धि – मुद्दाहरु

अन्तत: आत्महत्यासम्म लैजान सक्ने मानसिक रोगको एउटा खतरा हो । प्राय, आत्महत्यासँग उदासीपन जोडिएको हुन्छ। त्यसैले उदासीपन नेपालको लागी मुख्य चासोको विषय हो. नेपालमा युवाहरुमा आत्महत्या खतरनाक रुपमा बढ्दै गइरहेको छ। नेपाल प्रहरीका अनुसार, २०१८ मा रिपोर्ट गरिएका ७,१४४ आत्महत्याहरुमध्ये आधी १८ वर्षभन्दा मुनिका युवाहरु छन्।

यी संख्याहरु आश्चर्यजनक भएतापनि, नेपालमा यसबारे मा हामीसँग पर्याप्त ज्ञान छैन। अन्य देशमा गरेको अध्यन अनुसार, यस उमेर समूहमा हुने एउटा आत्महत्याले लगभग १००-२०० आत्महत्याका प्रयासहरु भएको जनाँउछ। कुनै पनि उमेर, लिङ्ग, जात, आम्दानी र पारीवारिक प्रष्टभूमी भएका मानिसहरुले आत्महत्या गर्न सक्छन्।तर केही युवाहरु आफुलाई क्षति पुर्याउने र आत्महत्या गर्ने सन्दर्भमा बढि जोखिममा हुन्छन्।

यी संख्याहरु खतरनाक देखिएपनि, सकरात्मक पक्ष भनेको, युवाहरुले गर्ने आत्महत्याको रोकथाम गर्न सकिन्छ।

आत्महत्या सम्बन्धि जोखिमहरु
युवाहरुले गर्ने आत्महत्या वा आत्महत्याको प्रयास पछाडीका कारणहरु जटिल हुन सक्छन् । साना बालबालिकाहरुले पनि आत्महत्या गरेको पाइन्छ तर , आत्महत्या र आत्महत्या गर्ने प्रयासको दर अत्याधिक मात्रामा किशोराव्स्थामा बढ्छ । आत्महत्या केवल एउटा कारणले मात्रै हुदैँन भनेर विज्ञानले पनि भन्छ। विभिन्न कारणहरुको समिसरणले आत्महत्या सम्म गर्ने अवस्थामा पुर्याउँछ/ प्राय, बाईपोलार डिसअर्डर, स्कीजोफ्रेनीया, सोसल एंजाएटी, डीस्ताईमीया (हल्का किसिमको निरन्तर भइरहने उदासीपन) र गम्भिर उदासीपन (मेजर डिप्रेसन) जस्ता मानसिक रोगहरुका परिणाम स्वरुप आत्महत्या देखा पर्छ। विभिन्न किसिमका वंशानुगत कारणहरु, र पारीवारिक इतिहासमा आत्महत्याका घटनाहरु भएमा, आमा बुवालाई मानसिक रोग भएमा, लागु पदार्थको दुरुपयोग र परिवारमा हिंसा भएमा आत्महत्याको सम्भावना बढ्छ। गिज्याउनले (बुल्लिङ), बाल्याकालमा यौन शोषणमा पर्नाले, प्राकृतिक प्रकोप, युद्ध, पारीवारिक हिंसा, शिक्षामा आउने दबाब, र प्रेम छुट्ने जस्ता आघात पुराउने कारणहरुले, आत्महत्याको परिस्थिति बनाउँछन्। यस्ता कारणहरुलाई प्राय “ट्रिगर प्वाइन्ट्स” भनेर भनिन्छ।

किशोर/किशोरी मा उदासपनको संकत र लक्षणहरु

  1. दु:ख वा निराश हुनु
  2. झिजो लाग्ने, रिस उठ्ने, वा अराजक हुनु
  3. रुन्चे हुने वा बारम्बार रोइरहन मन लाग्नु
  4. साथीहरु र परिवारबाट टाढा हनु
  5. गतिविधिहरुबाट रुचि हट्नु
  6. विधालयमा पढाई बिग्रिनु
  7. खाने र सुत्ने बानीमा परिवर्तन हुनु
  8. छटपटी हुनु र उत्तेजना बढ्नु
  9. आफू काम नलाग्ने जस्तो भावना आउनु र हिनता बोध हुनु
  10. जोस र प्रेरणाको कमी हुनु
  11. थकित वा उर्जा नभएको महशुस हुनु
  12. ध्यान दिन गार्हो लाग्नु
  13. बताउनै नसकिने खाल्को दुखाई र पीडा हुनु
  14. मृत्युको बारेमा वा आफु आत्महत्या गरु जस्तो सोचहरु आउनु

स्रोत helpguide.org

आत्महत्याको पहिले नै प्रयास गरेका युवाहरुले, पुन: यसलाई दोहोर्‍याउने सम्भावना १८ गुणा बढि हुन्छ र भविष्यमा आत्महत्याकै कारणबाट मृत्यु हुने सम्भावना ४० गुणा बढि हुन्छ।

आत्महत्या सम्बन्धि संकेत र लक्षणहरु

युवाहरुको किशोरावस्थामा उतार चढाव र अतिरंजित भावनाहरु आउनु भनेको स्वभाविक हो। तर कुनै युवाहरु, जिन्दगीका असफलताहरुलाई बढिनै गम्भिर रुपमा लिन्छन् र आफ्नो ज्यान नै लिने सम्म सोच्छन् ।

भनेपछि कुन कुरा चाहिँ ‘ यतिसम्म सामान्य” र कतिसम्म भएपछि चिन्ता गर्नुपर्ने हो भनेर कसरी थाहा पाउने?

केही मुख्य जनाऊ संकेतहरुका बारेमा अध्यनले देखाएको छ। तपाई निकट युवाहरुको सोच वा भावना एवं व्यवहारमा आउने परिवर्तन, भनेको उनिहरु आत्महत्याको जोखिममा हुन सक्ने, भनेर जनाउने खतरनाक संकेत हो।

केही संकेतहरु तुलनात्मक रुपमा थाहा पाउन सजिलो हुन्छ, जस्तै कि जब कुनै युवाले मृत्युको बारेमा कुरा गर्‍यो भने वा मर्नु मन लागेको छ भनेर कुरा गर्‍यो भने।

अन्य संकेतहरु थाहा पाउन कठिन हुन्छ- यदी तपाई निकट युवाहरुले आफ्ना भावनाहरुलाई साथीहरु वा परिवारबाट लुकाउन प्रयास गर्‍यो भने, तपाईले उनिहरुको व्यवहारमा आएको परिवर्तनको बारेमा विचार गर्नुपर्छ।

तपाईले तुलनात्मक रुपमा छोटो समयमा नै व्यवहार र मनस्थितिमा उल्लेखनीय परिवर्तन याद गर्न खोज्दै हुनुहुन्छ।

  1. व्यवहारमा आएको उल्लेखनीय परिवर्तन याद गर्नुहोस्
  2. परिवर्तनको अनुगमन गर्नुहोस्
  3. प्रश्नहरु सोध्नुहोस्

सामान्य जनाऊ संकेतहरु

  • आफू काम नलाग्ने जस्तो वा भविष्यमा केही आशा नहुनु।
  • एक्लोपना वा एक्लो भएको जस्तो महशुस हुनु- “मलाई कसैले बुझ्दैन”
  • आक्रमक भएमा र झिजो लागेमा – “मलाई एक्लै छोडिदिनुहोस्”
  • घातक समाग्रीहरु साथ राखेमा- जस्तै कि- औषधी, धारिलो वस्तुहरु, हतियारहरु।
  • आफु प्रति नकरात्मक सोच भएमा- “म केहि काम लाग्दिन”
  • व्यवहार र मनस्थीतिमा उल्लेखनीय परिवर्तनहरु
  • बारम्बार मृत्युको बारेमा लेख्ने वा कुरा गर्ने- “ यदि, म मरे भने, तपाई मलाई सम्झिनुहुन्छ?
  • आफूले आफुलाई काट्ने जस्तो, आफूलाई हानी पुराउने व्यवहारहरु
  • जोखिमपूर्ण कामहरुमा संलग्न हुनु- “म जे पनि गर्नेछु, मलाई मर्न डर छैन।“
  • अन्तिम संस्कारको बारेमा बन्दोबस्त गर्नु
  • आफ्नो लुगाहरु र महङ्गो उपहारहरु अरुलाई दिनु – “म मरे पछि, तपाई यो लिनुहोस् भन्ने म चाहन्छु ।”
  • लागु पदार्थको दुरुपयोग।
  • आफू अरुमाथि बोझ भएको जस्तो लाग्नु- “म भएन भने तपाई हरुलाई सजिलो हुन्छ।“
  • आत्महत्या गर्ने धम्की दिनु- “कहिलेकाहीँ मलाई सिर्फ मर्न मात्र मन लाग्छ।“

 

हामीले कसरी मद्दत गर्न सक्छौँ

 

यदि तपाई निकट कुनै युवाले आत्महत्या गर्ने बारेमा सोच्दैछ जस्तो लागेमा, उसलाई बेवास्था नगर्नुहोस्। कस्तो लागिरहेको छ भनेर उनिहरुसँग कुरा गर्नुहोस्।

आत्महत्याको बारेमा कुरा गर्नाले कहिलेकाहीँ युवाहरुको दिमागमा आत्महत्या गर्नु पर्छ भन्ने जस्तो सोच विकास हुन्छ होला भनेर केहि मानिसहरु सोच्छन्, तर खासमा ठीक त्यसको उल्टो हुन्छ। खुला रुपमा कुरा गर्नाले तपाईले उनिहरुको बारेमा सोच्नुहुन्छ, समस्या सुन्नुहुन्छ र यस्तो कठिन समयबाट पार लाग्न उनिहरुलाई मद्दत गर्न चाहनुहुन्छ भनेर उनिहरुलाई थाहा दिन्छ।

आत्महत्याको बारेमा क्षलफल

आत्महत्याको बारेमा सिधा सिधा प्रश्नहरु सोध्न नडराउनुहोस् । आत्महत्याको बारेमा क्षलफल गरेर तपाईले कसैको पनि दिमागमा “आत्महत्या गर्ने विचार हाल्नुहुने छैन”

खासमा, प्रश्नहरु सोधेर, आफू निकटका युवाहरुलाई, उनिहरुको बारेमा तपाईले सोच्नुहुन्छ र मद्दत गर्न चाहानुहुन्छ भन्ने सन्देश दिन्छ। जस्ले गर्दा आत्महत्याको रोकथाम हुन्छ।

युवालाई आत्महत्या गर्ने बारेमा सोचिरहेको हुनुहुन्छ ? भनेर सोध्ने केही तरिकाहरु यस प्रकार छन् :

  • “तपाईलाई आफ्नो जीवन नै अन्त्य गर्दिम जस्तो गरी नराम्रो लागी रहेको छ?”
  • “आत्महत्या बारेमा केही सोचहरु आइरहेका छन्?”
  • “ आफू मरेपनि हुने जस्तो सोच कहिले आउँछ?”

तपाईले कहिले पनि आत्महत्या सम्बन्धि सोच र भावनाहरुलाई, गोप्य राख्ने वाचा गर्नुहुन्न। गोप्य राख्ननाको कारणले ज्यान लिएन भने पनि अत्यन्तै हानीकारक हुन सक्छ। त्यस युवालाई, तपाईले गोप्य राख्न सक्नु भएन भनेर पक्कै भन्नुहोस्। केही समयको लागी त उनिहरु रिसाउलान, तर पछि धन्यवाद दिनेछन्।

यदी तपाई निकट युवा खतरामा छ जस्तो संखा लगेमा, तुरुन्तै मद्दत लिनुहोस्। आफै ठिक भईलाल्छ भनेर प्रतिक्षा नगर्नुहोस्।

उनिहरुको सोच र भावनाहरुको बारेमा क्षलफल गर्नुहोस्

तपाईलाई सुन्दा गार्हो भएतापनि , तपाई निकट, युवालाई उनिहरुले कस्तो महशुस गर्दैछन् भनेर सोध्नुहोस्। आफ्नो भावनाहरु व्यक्त गर्ने मौका पाएमा त्यो एकदमै सहयोगी हुन्छ। यसले गर्दा उनिहरुलाई सहायता प्राप्त भएको पनि महशुस गराउँछ।

सहायता लिनुहोस्

तपाई निकटका युवालाई सहायता लिन उत्प्रेरित गर्नुहोस् । तपाईले स्वास्थयकर्मि (health professional) http://mhanepal.org/np/help-support/find-a-provider काँहा जान सल्लाह दिन सक्नुहुन्छ । उनिहरुलाई यो समस्याको सामना एक्लै गर्नु पर्दैन भनेर थाहा दिनुहोस्- उनिहरुलाई मद्दत गर्नको निम्ति विशैषज्ञको सेवाहरु उपलब्ध हुन्छ।

सुरक्षित रहनुहोस्

कुनै पनि हानि पुर्याउने वस्तुहरुलाई (जस्तै हतियारहरु, औषधीहरु, रक्सी) हटाउनुहोस् वा तिनलाई कतै बन्द गरेर लुकाउनुहोस्।

कुनै युवाले आफुलाई आत्महत्याको विचारहरु आईरहेको कुरा बताए भने, उनिहरुलाई त्यो कुरा गोप्य राख्नेछु भनेर वाचा नगर्नुहोस्। गोपनियताको सिमितताको बारेमा स्पष्टसँग भन्नुहोस्- यदि उनिहरु आत्महत्याको जोखिममा छन् भने यस बारेमा कसैलाई थाहा दिनु र चाहिने मद्दत गर्नु भनेको तपाईको कर्तव्य हो। यस कार्यमा, त्यस सम्बन्धित युवासँग सहकार्य गर्दै काम गर्ने प्रयास गर्नुहोस्।

Stories

Living with someone with Bipolar disorder

My mom is a sufferer of bipolar disorder. Her condition first developed when..

-- Anonymous

Let's Talk

Talking about mental health is the first step to breaking the stigma. The key to changing stereotypical ideas and society’s attitudes and behaviour toward mental illness is to increase

-- MHA

State of well-being

Mental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,

-- MHA
Top