आत्महत्या रोकथाम

आत्महत्या जनिबुझिकन आफ्नै नाश गर्ने काम हो । जोखिम तत्वहरूमा अत्याधिक मदिरापान र बेन्जोडीयाजेपाइन्स को सेवन लगायत उदासी, बहुध्रुबीय असन्तुलन, स्जिोफ्रेनिया, ब्यक्तित्व असन्तुलन र पदार्थहरुको दुरुपयोग पर्दछन । अरु आत्महत्याहरु आर्थिक आप्ठ्यारा, परेसानी, सम्बन्धहरुमा कठिनाई, घरेलु हिंसा को परिणाम वा बदमासीको कारणबाट हुने आवेशपूर्ण कृयाकलापहरु हुन् । जसले पहिले पनि आत्महत्याको प्रयास गरेको छ उनीहरु भबिश्यमा त्यस्तै प्रयासको उच्च जोखिममा रहन्छन् ।

कहिलेकाही जब कोही मानीस समस्याबाट गुज्रिरहेको छ, उनिहरू आफैलाई नोक्सान पुर्याउने वा आफ्नै जिवन लिने सोच्न सक्छन् ।

आत्महत्या प्रयासले प्रत्यक्षरुपमा गहिरो बेखुशीलाई सँकेत गर्छ, यस्तो अवस्था हुनका लागि मानसिक स्वास्थ्य समस्या हुन जरुरी छैन । मानसिक स्वास्थ्य समस्या भएका धेरै ब्यक्ती आत्महत्या गर्ने हुँदैनन, र जसले आत्महत्याको प्रयास गर्छ वा आत्महत्या गर्छ त्यस्ता सबै ब्यक्तिहरु मानसिक समस्या भएका हुँदैनन ।

जब कसैले आँफैलाई नोक्सान पु–याउने वा आत्महत्याको बारेमा कुरा गर्छ, उनिहरू प्रायजसो ‘म अहिले सहन गर्नसक्ने अवस्थामा छैन’ वा ‘मलाई केही सहयोग चाहिन्छ’ भनिरहेका हुन्छन । उनिहरु आँफैलाई चोट पु–याउछन किनकी उनिहरु आफैले अनुभव गरिरहेको सहन गर्न नसक्ने पिडा रोक्न वा पीडाबाट मुक्त हुन चाहन्छन ।

ख्याल गर्नुपर्ने कुराहरु

हामी सम्भावित सँकेतहरु बुझेर, समस्या सम्म पहुँच पु–याएर र यसको बारेमा कुरा गरेर आत्महत्या रोक्न भुमिका खेल्न सक्छौ । आत्महत्याको बारेमा सोचिरहेको जो कोहिले सुक्ष्म नै भएपनि आफ्ना वरिपरीका ब्यक्तीहरुलाई केही सुराक वा सँकेत दीइरहेका हुन्छन । आत्महत्याको रोकथाम त्यस्ता सँकेतहरुको पहिचान गरेर तिनलाई गम्भीरतापूर्वक लिने कामवाट सुरु हुन्छ ।

चेतावनी सूचकले समेट्न सक्ने कुराहरु:

  • आशाहिनताको भाव र भविष्यप्रतिको कुनै आश नभएको 
  • अलगाव वा एक्लो अनुभव– "कसैले मलाई बुझ्दैन"
  • उत्तेजकपन र रिसाहापन– "मलाई एक्लै छोडि देउ"
  • घातक साधन राख्नु– औषधि, हतियार। 
  • आफ्नोबरेमा नकारात्मक धारणा– "म महत्वहिन हुँ"
  • स्वभाव र व्यबहारमा व्यापक परिवर्तन। 
  • मृत्युको बारेमा बारम्बार कुरा गन–"यदि म मरे भने तपाईं मलाई सम्झिनु हुन्छ?"
  • आफैँलाई काट्ने जस्ता स्व–नोक्सानका कृयाकलापहरु। 
  • जोखिम लिने व्यवहारहरु– "म जेसुकै गर्न सक्छु, म मर्नपनि डराउदिन"
  • अन्तिम संस्कारको व्यवस्था गर्नु 
  • चिजहरु खोल्नु (लुगा, महत्त्वपूर्ण उपहारहरु)–"म मरे भने यो सबै तिमीलेउ भन्ने चाहन्छु" 
  • पदार्थ दुरुपयोग 
  • अरुको लागि भारको अनुभव गर्नु–"तिमी म नहुँदा राम्रो अवस्थामा हुनेछौँ"
  • आत्महत्याको बारेमा कुरा गर्नु– "कहिलेकहीँ म यो सोच्छु म केवल मर्न चाहन्छु"  

आत्महत्या गर्ने  विचार आउने कारणहरु

एउटा ब्यक्तीले किन आत्महत्या गर्छ भन्ने धेरै कारणहरु छन् जो अलि जटिल हुन सक्छन, तर त्यसका निश्चित सँकेतहरु छन् जसले हामीलाई के एउटा ब्यक्ती आत्महत्याको जोखिममा छ भन्ने निर्धारण गर्न सहयोग गर्छ ।

आत्महत्या गर्ने व्यबहार फराकिला किसिमका चुनौतीपुर्ण कारण, तत्कालिन उत्तेजनाहरु र रोकथामका कारकहरुको अभावको बीचको जटिल अन्तरकृयाबाट उत्पन्न हुन्छन ।

केही सँकेतहरु हुन्छन् जसले हामीलाई के एउटा ब्यक्ती आत्महत्याको जोखिममा छ भनी निर्धारण गर्न सहयोग गर्छ ।

जोखिम र सुरक्षात्मक कारकहरुको परिभाषा

ब्यक्तिले आफ्नो जीवन लिनुका कारणहरु प्राय धेरै जटिल हुन्छन् । एउटा ब्यक्तिले आत्महत्या गर्न सक्छ भन्ने कुरामा निम्न कारणहरु समाबेश हुन सक्छ :

जोखिम कारकहरु– यी कारकहरुले आत्महत्या गर्ने सम्भावनाहरु बढाइदिन्छ जसलाई कहिलेकाही भेद्धता वा कमजोरी कारकहरु भनिन्छ ।

सुरक्षात्मक कारकहरु –यिनले आत्महत्या गर्ने सम्भावनाहरु घटाऊछ, र एउटा ब्यक्तिको अप्ठ्यारा परिस्थितीहरुसँग सामना गर्ने क्षमता सुधार गर्न कार्य गर्छ ।

जोखिम र रोकथामका कारकहरु हुन सक्छन्:

  • ब्यक्तिगत स्तरमा – यसले मानसिक र शारीरीक स्वास्थ्य, आत्मसम्मान, र अप्ठ्यारा परिस्थितीहरुसँग जुध्न सक्ने सक्षमता, आवेग ब्यबस्थापना वा तनावसँग सामना गर्न सक्ने कुराहरु समाबेश गर्छ ।
  • सामाजिक स्तरमा– यसले अरुसँगको सम्बन्ध र सहभागिता जस्तै परिवार, साथीहरु, सहकर्र्मीहरु, बृहत् समुदाय र सम्बन्धको ब्यक्तिगत भावनाहरु समाबेस गर्छ ।
  • सान्दर्भिक स्तरमा– यसलाई ब्यक्तिको बृहत् जिवन परीबेश पनि भनिन्छ । यसले सास्कृतिक, वातावरणिय, आध्यात्मिक, धार्मिक, राजनीतिक र आर्थिक कारकहरु समेट्छ यसले सबै उपलब्ध विकल्प र जीवनस्तरमा योगदान गर्छ ।

आत्महत्या जोखिमका कारकहरु:

  • पूर्व आत्महत्या प्रयासहरु 
  • पदार्थ  दुर्व्यसन ईतिहास
  • मानसिक स्यस्थ्य अवस्थाको ईतिहास( डिप्रेसन, चिन्ता, बहुध्रुबीय, अघातोत्तर तनाव असन्तुलन )
  • सम्बन्ध समस्याहरु - अभिवावक ररअथवा स्वच्छन्द साझेदारहरुसँग द्वन्द्व
  • कानूनी वा अनुशासनात्मक समस्या 
  • हानिकारक साधनहरुमा पहुँच, जस्तै औषधि र हतियारहरु 
  • परिवारका सदस्य वा नजिकको साथीको हालैको मृत्यु 
  • धम्किपूर्ण व्यवहारसँगको जारी सम्पर्क 
  • शारिरिक बिसन्चो र असक्षमता

Stories

Living with someone with Bipolar disorder

My mom is a sufferer of bipolar disorder. Her condition first developed when..

-- Anonymous

Let's Talk

Talking about mental health is the first step to breaking the stigma. The key to changing stereotypical ideas and society’s attitudes and behaviour toward mental illness is to increase

-- MHA

State of well-being

Mental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,

-- MHA
Top