Living with someone with Bipolar disorder
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- Anonymousमानसिक स्वास्थ्यको समस्या के ले निम्त्याउछ भन्ने कुरा ठोस रूपमा खासै भन्न सकीदैन । प्रायजसो यसको विकाससँग धेरै कुराहरु जोडीएका हुन्छन् । मानसिक समस्याको अवस्था प्रायजसो एउटा तत्कालिन बिषय र घटना भन्दा पनि पछिल्ला घटनाहरू र अरु दीर्घकालीन ब्यक्तिगत तत्वहरूको संयोजनबाट उत्पन्न हुन्छन् । यो एउटा महत्वपूर्ण करा हो, त्यसैले मानसिक स्वास्थ्यलाई “कमजोर मन” को उपज नभै स्वास्थ्य अवस्थाहरूको रूपमा बुझ्नु पर्दछ ।
जीवन घटनाहरू
शोध अनुसन्धानले बताउँछ कि जीवनका पछिल्ला तनावहरुले भन्दा हालका समस्याहरूले मानसिक समस्याको अवस्था बढी ल्याउने गर्दछ । जस्तै ः दीर्घकालीन बेरोजगारी, अपमानजनक र हेरचाहको कमी भएको सम्बन्धमा बस्नु, दीर्घकालीनरुपमा लगावमा कमी र एक्लोपना, लामो समयसम्म कामको तनावले उत्पन्न उदासी । तथापी यदी मानीस पहिले नै पुराना खराब अनुभवहरू वा व्यक्तिगत कारकहरूको कारणले जोखिममा छ भने पछिल्ला घटनाहरू जस्तै जागिर गुमाउनु वा घटनाहरुको संयोजनले उदासी जस्ता मानसिक बिरामी बढाउन सक्छ ।
व्यक्तिगत कारकहरू
पारिवारिक इतिहास – (मानसिक समस्याको अवस्थाहरू बंशाणुगत पनि हुनसक्छ र यी अवस्थाहरू परिवारमा आउन सक्छन । तथापी आमाबुवा वा नजिकको आफन्तले मानसिक स्वास्थ्य अवस्था अनुभव गरेको भन्नु को अर्थ यो होइन कि तपाईंमा पनि स्वभाविक रुपमा मानसिक समस्याको अवस्था बिकास हुनेछ । उदासी र तनाव पारीवारीक रुपमा वा व्यक्तिगतरुपमा कुनै पनि अवस्था वा कारणले हुन सक्छ । व्यक्तिगत जोखीम वा पारिवारीक समस्या, कारण जुन कुनै पनि हुनसक्छ ।
व्यक्तित्व – केही व्यक्तिहरू उनिहरूको व्यक्तित्वको कारणले गर्दा मानसिक बिमारीको अधिक जोखिममा हुन सक्छन् । बिशेषरूपमा व्यक्तिमा बढी चिन्ता लिने, न्यून आत्मसम्मान भयका, पूर्णतावादी, व्यक्तिगत आलोचनाप्रती सम्बेदनशील वा आत्मआलोचक र नकारात्मक प्रबृत्ति भयका हरुमा उदासीपना बिकसित हुने सम्भावना बढी हुन्छ । त्यसैगरी त्यस्ता बच्चाहरू जो पूर्णतावादी, छिटै आत्तिने, झट्टै डराउने, अवरोधित, आत्मसम्मानको अभाव भएको वा सबैकुरा नियन्त्रण गर्न खोज्नेछन, तिनले कहिलेकाही वाल्यावस्था मै मानसीक समस्याको अनुभव गर्न सक्छन वा उनीहरु किशोरावस्था वा युवक अवस्थामा पुग्दा उदासीनताको बिकसित गर्दछन् ।
गम्भिर चिकित्सा बिमारी – यदी मानीसं दीर्घकालीन समस्या वा पुरानो पीडाबाट बाहिर निस्किन खोज्दै छ भने उसलाई समस्यासँग सामना गर्ने क्रममा तनाव, चिन्ता वा उदासीपन आउने हुनसक्छ ।
लागूपदार्थ र मदिरा प्रयोग – लागूपदार्थ र मदिरा दुवैको प्रयोगले उदासीपन हुनसक्छ र उदासीपनको कारणबाट पनि त्यसको प्रयोग हुनसक्छ । केही व्यक्तिहरु जो चिन्ता अनुभव गर्दछन् तिनले आफ्नो अवस्था व्यवस्थापन गर्न मदिरा र अरु लागूपदार्थको प्रयोग गर्दछन् । केही अवस्थाहरूमा उनीहरुको तनावको अवस्था सँगै यसले मान्छेहरूलाई बढी प्रयोगको समस्या तर्फ डो–याउँछ ।
जारी तनावपूर्ण घटनाहरू – एक वा एकभन्दा बढी तनावपूर्ण जीवन घटनाहरूका कारणले मानसिक अवस्थाहरू बिकसित हुन सक्छन् । सुरुसुरुमा अक्सर सबैमा निम्न कुराहरु हुन सक्छ :
मस्तिस्कमा परीवर्तन
यद्यपी, यस क्षेत्रमा धेरै शोध अनुसन्धान भयका छन् तर पनि अझै मानीसले जान्न बाँकी धेरै कुराहरु छन । यो जटिल कुरा हो र प्रमुख उदासीका कैंयौ कारणहरू पनि छन जसले मानीसको मनस्थितिलाई नियन्त्रण गर्ने वा प्रभावित गर्दछन जस्तै ः आनुवंसिक जोखिम, गम्भीर तनावपुर्ण जीवन, सेवन गरीने पदार्थ (केही औषधीहरु, लागूपदार्थ र मदिरा) र चिकित्सकीय स्थितिहरू । मानीसको मस्तिष्कमा हुने बिशेष रसायन प्रर्याप्त छैन वा अप्रर्याप्त छ भने पनि उदासीपनाको अवस्था आउँदछ तर पनि उदासी केवल ‘रसायनिक असन्तुलन’ को परिणाम मात्र होइन ।
प्रत्येक व्यक्तिका लागि कारणहरु फरक रहेको हुनसक्छ । यो कुनै एउटा कारणले मात्र नभएर कारकहरूको संयोजन ले पनि हुने गर्दछ । सधैं अवस्थाको कारण पत्ता लगाउन वा अप्ठ्यारा परिस्थितिहरू परिवर्तन गर्न सकीदैन त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा भनेको संकेत र लक्षणहरू पहिचान गर्नु र तत्काल समस्या समाधानका लागि उपाय खोज्नु हो ।
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- AnonymousTalking about mental health is the first step to breaking the stigma. The key to changing stereotypical ideas and society’s attitudes and behaviour toward mental illness is to increase
-- MHAMental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,
-- MHA