Living with someone with Bipolar disorder
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- Anonymousआमा बुबा हुनुले खुसी र उत्सुकता साथै तनाव र डर जस्ता भावनाहरु पनि ल्याउँछ । तपाईले अनुभव गर्नुभएका परिर्वतनले तपाईको मनस्थिति र भावनालाई असर गर्छ । यस्तो अवस्थामा सधैंको भन्दा बढी उतार–चढाव अनुभव गर्नु सामान्य हो । तर पनि यो एउटा गम्भीर अवस्था हो जसले तपाईको शारिरीक र मानसिक स्वास्थ्यलाई असर गर्दछ ।
धेरै जसो पेरीनेटल अवधिमा (गर्भवती र सुत्केरी पछिको वर्ष) उदासीपनाको पहिचान हुँदैन र स्थिति झनै बिग्रिन्छ । यसले तपाईको गर्भ वा अभिभावक बन्ने कुरामा समेत अवरोध ल्याउन सक्छ । उदासीपनाले तपाईलाई मात्रै असर गर्ने होइन यसले तपाईका सम्बन्ध र तपाईका बच्चा लगायत तपाइका आसपासका व्यक्तिहरुलाई समेत असर गर्न सक्छ ।
यसकारण यो बिषयमा कसैसँग कुरा गर्नु महत्वपूर्ण हुन जानछ । यदि तपाईले यस्तो अवस्थाको सामना गरीरहनु भएको छ वा तपाई कुनै अप्ठ्यारोमा परिस्थीतीमा हुनुहुन्छ भने जति सक्दो चाँडो समस्याबाट छुटकारा पाउन सहयोग लीनुस र आफ्नो परिवारसँग आनन्दपुर्ण जिवन बिताउनुस ।
पेरीनेटल र पोस्ट नेटल (प्रसवपूर्व र प्रसवपश्चात) उदासीपना – के भिन्नता छ ?
पेरीनेटल (प्रसवपूर्व) उदासीपना
तपाईले यी मध्येको कुनै शब्दहरु सुन्दा अचम्म लाग्ला । जब तपाई गर्भावस्थाको बेलामा उदासीपनाको अनुभव गर्नुहुन्छ भने त्यो एन्टीनाटल (प्रसव पूर्वको) उदासीपना हो ।
पोस्ट नेटल (प्रसवपश्चात) उदासीपना
बच्चा जन्मेको एक महिनादेखि एकबर्षसम्ममा रहने उदासीपनालाई पोस्टनेटल उदासीपना भनीन्छ ।
उदासीपना गर्भावस्था पूर्व वा पश्चात सुरुहुनसक्ने र बच्चा जन्मेपश्चात पनि जारी रहने हुनसक्छ । प्रायजसो उदासीपना निम्न अवस्थामा गर्भावस्थामा वा अर्को बच्चाको जन्म पश्चात फेरी पनि हुनसक्छ ।
उदासी वा ‘बेबी ब्लुस’ (अस्थायी मनोबैज्ञानिक अवस्था)
धेरै महिलाहरुले बच्चालाई जन्म दिएपश्चात हर्मोनको स्तरमा आएको परिवर्तनको कारणले बच्चाको जन्मपछिको तीनदेखि दश हप्ताको बीचमा ‘बेबी ब्लुस’ को अनुभव गर्दछन् । रुन मन लाग्ने वा भावविब्हलको अनुभव भएको हुनसक्छ । कहिले काँही यो केही दिनमा आफै हराएर पनि जान्छ ।
सबै आमा–बुबा नयाँ बच्चाको जन्मका साथ आउने परिवर्तनहरु सम्हाल्ने कोशिश गर्दागर्दै बिभिन्न खालका समस्याहरुको अनुवभ पनि गर्न सक्छन । यस्तो अवस्था हरेकलाई हुन सक्छ । बच्चालाइउ कसरी स्याहार्ने ? के कस्ता खेलौनाहरु किन्ने ? कस्तो खानेकुरा खुवाउने ? हरेक आमा बुवाको साझा समस्याहरु हुन यो । अधिकांश व्यक्ति यस्तो अवस्थामा तत्काल कुनै निष्कर्षमा पुगेर अगाडी बढ्छन् । उनीहरु नयाँ भुमीकालाई आत्मसात गरेर नयाँ तरीकाहरु सीक्न तिर लाग्दछन । तर यदि तपाई दुइहप्ता वा त्यसभन्दा बढी समयसम्म दिक्क, सुस्त वा दुखीत महसुस गरिरहनुभएको छ, आफ्नो बच्चाको स्याहार गर्नसक्ने आत्मविश्वासमा कमी आइरहेको छ, वा तपाई आत्महत्या गर्ने वा आफ्नो बच्चालाई नोक्सान पु–याउने सोचमा हुनुहुन्छ भने तत्कालै कुनै विशेषज्ञको सहयोग लिनुहोस् ।
पेरीनाटल (बच्चा जन्मिनुपूर्व र पश्चातका) उदासी
गर्भावस्था वा प्रारम्भिक अभिभावकत्वका दौरानमा उदासीपनाका लक्षणहरु आउन सक्छन जुन हाम्रो जीवनमा कुनैपनि अन्य समयमा आएको उदासीपनाको लक्षणहरु जस्तै हुन्छन् । तर जब तपाई गर्भवती हुनुहुन्छ वा बच्चा पाउने अवस्थामा हुनुहुन्छ त्यो बेला लक्षणहरु पहिचान गर्न केही कठिन हुनसक्छ । केही परिवर्तनहरु जस्तै सुताईमा परिवर्तन, भोकमा परिवर्तन जो गर्भावस्थाका कारणले आएका हुन्छन । तर सामान्य अवस्थाका लक्षणहरु र गर्भावस्थाका कारणले आएका लक्षणहरु एक आपसमा मिसीन जाँदा कहिले काहीँ तीनीहरुको फरक थाहा पाउन कठिन हुनसक्छ ।
यो एउटा यस्तो समय पनि हो जब हरेक कुरा चुनौतीपूर्ण रहेको हुन्छ । यो थाहा पाउन कठीन हुनसक्छ कि तपाइका प्रतिकृयाहरु र भावनाहरु ‘सामान्य’ श्रेणीभित्र पर्दछन् वा पर्दैनन् किनभने त्यो बेला तपाई एउटा बच्चाको जिवनसँग जोडीएको अवस्थामा रहनुभएको हुन्छ र तपाईले जिवन ‘सामान्य’ भन्दा फरक अनुभुति गरीरहनुभएको हुनसकछ ।
यदि तपाईले दुइहप्ता वा बढी समय सम्म पनि तलका लक्षणहरु अनुभव गरीरहनुभएको छ भने त्यो अवस्था भनेको तत्काल उपचारका लागि सहयोग लिने अवस्था हो ।
गर्भावस्था र प्रारम्भिक अभिभावकत्वको दौरान मानसिक स्वास्थ्यमा समस्था के ले हुन्छ ?
मानीसको आफ्नो पृष्ठभूमि जे जस्तो रहेता पनि गर्भावस्थाको र प्रारम्भिक अभिभावकत्वको बेलामा मानसिक स्वास्थ्य अवस्थाले जो कोहीलाई पनि असर गर्न सक्छ । उदासीपना, चिन्ता र अरु मानसिक स्वास्थ्यका अवस्थाहरुलाइ सँधै एउटै कारणले परिभाषीत गर्न मिल्दैन । सँधै कारणहरु यही नै हो भन्ने पनि हुँदैन ।
यदि यस्ता केही विषय वा कुराहरु जसले तपाईलाई दुःख दिइरहेको छ वा तपाईलाई यस बिषयमा कुनै सहयोग चाहियको छ भने कसैले सोध्ला अनि उपचारमा जाउँला भनेर पर्खेर नबस्नुस । तत्काल आफै उपचारका लागि पहल गर्नुस । केही नभए पनि आफुलाई कस्तो महशुस भैरहेको छ भनेर कसैसँग कुरा गरेर समस्या समाधानका लागि पहिलो पहल गर्न पनि सकीन्छ । गर्भावस्था र प्रारम्भिक अभिभावकत्वका दौरानको तनाव प्रति तपाई अभ्यस्त हुनुहुन्न । यो जटिल काम हो र समयसँगै बिस्तारै सीक्दैजाने कुरा हो । पेटमा रहेको बच्चा जटिल अवस्थामा हुनु, सुताइमा कठिनाई, बच्चा जन्मदाँ मुश्किल हुनु जस्ता कुराहरुले धेरै तनावग्रस्त बनाउन सक्छ । यदी तपाइले यस्ता विषयहरुको सामना गरिरहनुभएको छ भने तत्काल समस्याको सामाधानका लागि सहयोग लिनुस ।
तनाव बढाउन सक्ने तत्वहरू
हरेक अभिभावकले मानसिक स्वास्थ्य अवस्थाको सामना गर्छ भन्ने होइन । जोखिमका कारणहरु एक आपसमा मिल्न जाँदा सिर्जना भएका फरक कुराहरुले असर पार्नसक्ने सम्भावना मात्र हो जुन अभीभावक बन्दै गरेको अवस्थामा भएको हुन्छ । समयमै सहयोग लियो भने अवस्थाको सुधार हुँदै जान्छ ।
संरक्षण कारकहरु
यदि जोखिम कारकहरुको बारेमा नकारात्मक कुराहरु मात्रै सोँच्ने हो भने त्यो मानीसको मानसीक स्वास्थसँग नकारात्मक तरीकाले नै जोडीन्छ तसर्थ सकारात्मक तरीकाले सोँच्नु पर्दछ र चुनौतीको सामाना गर्नु पर्दछ जसले मानीसलाई समस्या भन्दा माथि उठ्न सहयोग गर्दछ ।
यसैगरी पेरीनेटल (जन्मभन्दा ठीकपूर्व र पश्चात) चिन्ता अर्को अवस्था हो जो नयाँ आमाहरूमा हुन्छ । यसले बच्चा जन्मेको केही हप्तासम्म असर गर्न सक्दछ ।
उपलब्ध उपचार
आमाहरुको मानसिक स्वास्थ्य अवस्थाको अरु शारीरिक अवस्था जस्तै प्रभावकारी रुपमा उपचार गर्न सकिन्छ । पेरिनेटल मानसिक स्वास्थ्य अवस्था सामान्यतया आफैं नहट्ने भएकोले जतिसक्दो चाँडो समस्याको पहिचान गरी उपचार गराउन जरुरी हुन्छ ।
जसरी बच्चा तपाईको लागि महत्वपुर्ण छ त्यसरी नै तपाई आफ्नो बच्चाको महत्वपूर्ण सम्पत्ति हो, र त्यस्तो सम्पत्ति जसको नियमीत हेरचाह गरिनुपर्छ । तपाईले आफ्नो बच्चाको ख्याल गरेजस्तै आफ्नो पनि ख्याल गर्नु त्यत्तिकै महत्वपूर्ण छ । सही उपचार प्राप्त गर्नका लागि सबैभन्दा मुख्य कुरा स्वास्थ्य विशेषज्ञसँग कुरा गर्नु हो । सम्झनुहोस्, जति चाँडो तपाई चिकित्सको सहयोग लिनुहुन्छ त्यति चाँडो आफ्नो परिवारसँगको रमाइलो जीवनमा फर्कन सक्नुहुनेछ ।
गर्भावस्था र प्रारम्भिक अभिभावकत्वको दौरानको उदासीले नयाँ आमाहरुलाइ मात्र असर गर्ने होइन बुबाहरु पनि उच्च जोखिममा हुन्छन् । यदि तपाई केही समयमा बुबा बन्दै हुनुहुन्छ भने संकेतहरु र लक्षणहरुको विचार गर्नुहोस् ।
तपाईंमा यदी चिन्ता वा उदसीपनाका लक्षण छन भने यो साधारण परिक्षण लिनुहोस्:
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- AnonymousTalking about mental health is the first step to breaking the stigma. The key to changing stereotypical ideas and society’s attitudes and behaviour toward mental illness is to increase
-- MHAMental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,
-- MHA