Living with someone with Bipolar disorder
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- Anonymousचिन्ता वा दिक्दारीताको अबस्था भनेको मानीसले आफैमा जति अनुभव गरीरहेको हुन्छ यसको बास्तबीक अबस्था त्यो भन्दा बढि नै असरदायी रहेको हुनसक्छ । हुन त चिन्ता, दिक्दारीता वा चिन्तितपनाको अनुभव हुनु कहिले काहीँ आफैमा एउटा आम कुरा पनि हुनसक्छ र कतिपय अवस्थामा यसका कारणहरु पनि आम नै रहेका हुन्छन । जब मानिसले कुनै पनि कुराको दबाब वा तनाव महसुस गर्दछ तब उसमा चिन्ताको अबस्था आउन सक्छ र तनावका कारणहरु हटे पछी चिन्ता वा तनावको स्थिती पनि सामान्य हुँदै जान्छ ।
जब मानिसले महसुस गर्दै आइरहेको दबाब वा तनावको अवस्था कायमै रहन्छ र उसले निरन्तर यसको अनुभव गरीरहन्छ तब उ चिन्ताको अबस्थामा जान सक्छ र यस्तो अबस्थामा कारण हटे पनि बिनाकारण चिन्ता भैरहन सक्छ । यो एउटा गम्भीर अबस्था हो जहाँ मानिसलाइ दैनीक जिवनसँग सम्बन्धीत कुराहरुको सामना गर्न असजीलो हुन जान्छ । हरेक ब्यक्तिले कुनै न कुनै समयमा चिन्ताको अनुभव गरीरहेको हुन सक्छ तर केही ब्यक्तिहरुका लागि भने यस्तो चिन्ताको अनुभव सजीलै सँग नियन्त्रण गर्न नसकीने पनि हुन सक्छ ।
चिन्ताका प्रकार
१. सामन्यीकृत चिन्ताको अबस्था
यो एउटा यस्तो अवस्था हो जहाँ मानिसले बिना कुनै खास कारण पनि दैनिक जिवनमा चिन्ताको अनुभव गरीरहेको हुन्छ वा आफ्नो चिन्तालाई बढाइरहेको हुन्छ । यस्तो अवस्थामा उसले यस प्रकारका चिन्ताहरु ६ महिना वा सो भन्ला बढी समय सम्म पनि त्यस्ता चिन्ता निरन्तर लीइराखेको हुन सक्छ ।
२. सामाजिक चिन्ताको अवस्था
कुनै ब्यक्तिलाई दैनिक जिवनमा आलोचना, लाज वा अपमानित हुनुर्ने अवस्थाको सामाना गर्नुपर्दछ की भन्ने डर भैरहेको हुन सक्छ । उदाहरणको लागि सार्वजनिक स्थानमा बोल्नु, सार्वजनिक रूपमा खानु, गलत कार्यलाई प्रोत्साहन दिनु वा नचाहेर पनि गलत कार्य गर्नु इत्यादी । मानिसहरुमा रहने यस्ता खालका चिन्ताहरु सामाजिक चिन्ताको अबस्था हो ।
३. बिशेष खालका डरहरूको अबस्था
मानिसहरुमा कुनै बिशेष बस्तु वा परिस्थीतीका बारेमा एउटा बेग्लै खालको डरहरु पनि हुने गर्दछ र उ त्यो परिस्थीतीको सामना गर्न डराइरहेको पनि हुन्छ जस्तै बिमानको यात्रा गर्नु, खोला पार गर्नु, अस्पतालमा सुइ लगाउनु इत्यादी । यस्ता डरहरु धेरै प्रकारका हुन्छन जहाँ मानिस पटक पटक धेरै डराएको अनुभव पनि गर्दछ र यसबाट छुटकारा पाउन लामो समय पनि लाग्न सक्दछ ।
४. आकस्मिक चिन्ताको अबस्था
केही मानीसमा कहिले काहीँ आकस्मीकरुपमा आफुमा कुनै आक्रमण हुन्छ की वा एकाएक कुनै शारीरीक गडबडी हुन्छ की भन्ने जस्ता चिन्ता रहेको पनि हुन्छ । आकास्मीकरुपमा यस्ता चिन्ताहरुको अनुभव हुँदा छातीमा पिडा हुने, रिङ्गटा लाग्ने र अत्यधिक पसिना आउने हुन सक्छ । कसैले त यस्ता चिन्ताहरु चरमरुपमा तथा अलि बढी नै महसुस गरीरहेका पनि हुन्छ र उनीहरुले आफुलाई ह¥दयघात हुन लागेको वा आफु मर्नै लागेको पनि महसुस गर्दछन । कसैलाई यस्तो अवस्था महिनामा एक पटक भएको हुन सक्दछ भने कसैले पटक पटक यस्तो अबस्थाको अनुभव गरेका पनि हुनसक्छन । यस प्रकारको चिन्ताको अबस्थालाई आकास्मिक चिन्ताको अबस्था भन्ने गरीन्छ ।
५. अन्य अवस्थाहरु जहाँ चिन्ता कायमै रहेको हुन्छ
केही ब्यक्तिहरुमा कुनै कुराको इच्छा पटक्कै हुँदैन तर पनि डरका कारणले उनीहरु सो कार्य गरीरहेका हुन्छन किनभने उनीहरु भित्र रहेको डरले उनीहरुलाई त्यो कार्य गराइरहेको हुन्छ । यद्धपी ब्यक्तिले आफुले गरीरहेका त्यस्ता कार्यहरुलाई मूर्खतापूर्ण मान्नसक्छन तर पनि ब्यबहारीकरुपमा वा सँस्कारका कारणले त्यस्तो कार्य गर्न परेको मानेर आफुमा रहेको चिन्तालाई कम गर्ने प्रयास गरीरहेका हुन्छन । उदाहरणको लागि जीवाणुको डरले पटक पटक हात धुनु, प्रदुषणको डरले निरन्तर लुगा धुनु वा हमेशा मास्क लगाउनु इत्यादी ।
५.२. आघात पछी उत्पन्न भएको चिन्ताको अबस्था (PTSD)यस्तो चिन्ताको अबस्था मानिसमा कुनै आघातपूर्ण घटनाहरु (जस्तै, युद्ध, हमला, दुर्घटना, आपतकाल) अनुभव गरेपछि उत्पन्न हुन्छ । यस्तो प्रकारको चिन्ताको अवस्थामा मानीसहरुमा आराम गर्न असजीलो हुने, नराम्रा सपनाहरु आउने, घटनासँग सम्बन्धित कुरा वा बस्तुहरु प्रति घृणा वा बीतृष्णा बढ्ने जस्ता लक्षणहरु देखा पर्दछन । यनि कुनै ब्यक्तीमा घटना घटेको कम्तिमा एक महिनासम्म पनि यस्ता लक्षणहरू रहेकमा त्यो अबस्थालाई एक्त्म् को अबस्था हो भन्न सकिन्छ ।
सँकेत र लक्षणहरु
चिन्ताको अवस्थाको लक्षण कहिलेकाहीँ स्पष्ट नहुन पनि सक्दछ किनभने लक्षणहरु समयसँगै बिस्तारै बिस्तारै लक्षणहरु पनि परिबर्तन हुँदै जान्छन् । मानीसले आफ्नो जीवनमा बिभिन्न समयमा केही न केही चिन्ताको अनुभव गरेको हुनसक्छ र चिन्ता सामान्य हो वा चिन्ताको अवस्था जटील छ थाहा पाउन त्यती सहज भने हुँदैन । कतिपय चिन्ताहरु सामान्य स्वभाविक खालका र केही समयका लागि मात्र हुन्छन । सामान्यतया चिन्ताहरु कुनै एउटा समयसँग सीमीत रहेका हुन्छन जस्तै ः जागिरको लागी अन्तरवार्ता दीने जस्ता चिन्तापूर्ण अवस्था जुन जागीरसँग सम्बन्धित घटनासँग मात्र जोडीएको हुन्छ । चिन्ताको स्थितिमा रहेका ब्यक्तिहरुले अनुभव गर्ने चिन्ताको प्रकार फरक फरक हुन सक्छ, लगातार नहुन सक्छ र सँधै एउटै परिस्थीतीसँग जोडीएको पनि नहुन सक्छ । तर यसले मानिसका जीवनको गुणस्तर तथा दैनिक कार्यगराइलाई भने प्रभावित पारीरहेको हुन्छ । चिन्ताको स्थिति, कारण वा प्रकार अनुसार यसका आफ्नै फरक बिशेषताहरू हुनसक्छन तर पनि केही साझा लक्षणहरु यस प्रकार छन् :
शारिरीकरुपमा देखीने लक्षण: शरीर दुख्नु, कहिले तातो वा कहिले चिसो पसिना आउनु, मुटुको धड्कन बड्नु, छाती कस्सीयको अनुभव हुनु, स्वास प्रस्वास तिब्र हुनु, बेचैनी हुनु, चिन्तित अनुभव गर्नु, आघातको अनुभव हुनु, हतास हुनु इत्यादी ।
मनोबैज्ञानीक लक्षण: अत्यधिक डर, चिन्ता, बिनाशकारी वा हतासपुर्ण सोच
व्यबहारगत लक्षण: अध्ययन, दैनीक काम वा सामाजिक सँलग्नतामा असर पर्नु वा यस्ता कार्यहरु छुट्दै जानु वा आफै त्याग्नु । यिनीहरु त केवल अनुभव गर्न सकीने लक्षणहरु हुन तर अनुभव गर्न नसकीने लक्षणहरु अरु धेरै पनि हुन सक्छन ।
माथि उल्लेखीत लक्षणहरु आफैले रोगको पहिचान वा निदान गर्नका लागि कदापी भनीएका होइनन । यो त मात्र केवल मार्गनीर्देशका लागि उल्लेख गरीएको हो, बास्तबीकरुपमा अबस्थाको पहिचान वा निदानका लागि चिकित्सकलाई जँचाउनु पर्ने हुन्छ ।
तपाईंमा यदी चिन्ता वा उदसीपनाका लक्षण छन भने यो साधारण परिक्षण लिनुहोस्:
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- AnonymousTalking about mental health is the first step to breaking the stigma. The key to changing stereotypical ideas and society’s attitudes and behaviour toward mental illness is to increase
-- MHAMental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,
-- MHA