जटिल मानसिक बिमारी

जटिल मानसिक समस्यालाई प्राय यसको अवधिको लम्बाई र यसले उत्पन्न गर्ने आशक्तताद्धारा परिभाषित गरिन्छ । यी विरामीहरुमा स्जिोफ्रिनिया र स्जिोएफेक्टिभ असन्तुलन र मुख्य उदासी तथा बहुध्रुवीय असन्तुलन जस्ता जटिल स्वरुपका असन्तुलन पर्दछन् । जसले मानसिक लक्षण पैदा गर्छ ।

यस्ता व्यक्तिहरु जसले विचार असन्तुलन ल्याउने, आफुमा भएका धारणाहरुलाई तोडमोड गर्ने, भ्रम सृजना गर्ने, दृष्टिभ्रम हुने र असामान्य व्यवहारहरु पैदा गर्ने पनि गर्दछन । यस्ता संकेतहरुले बास्तबीकतालाई हानी पुर्याउने वा नोक्सान पुर्याउने भएकोले भएकाले यस्तो अवस्थालाइ कहिलेकाँही मानसिक असन्तुलन पनि भनिन्छ ।

जटिल मानसिक समस्याहरु पनि उपचार गर्न सकिने हुन्छन् र विरामीको उचित उपचार र व्यवस्थापनले यस्ता असन्तुलन भएका मानिसहरु निको भएको अनुभव गर्न सक्दछन् ।

स्किजोफ्रेनिया

स्किजोफ्रेनिया मानिसहरुमा हुने विचारो असन्तुलन हो । यो “दोहोरो व्यक्तित्व” “बहु व्यक्तित्व” होइन ।
स्किजोफ्रेनियाका लक्षणहरु चारवटा समुहमा पर्दछन् ।

भित्री लक्षणहरु
  • दृष्टिभ्रम 
  • गलत अवधारणाहरु 
  • गलत विश्वासहरु 
  • विचित्र व्यक्तित्व
  • अशन्तुलित वक्तव्य 
  • भ्रमहरु
नकारात्मक लक्षणहरु
  • उदासिनता 
  • इच्छा हराउनु 
  • कमजोर पालना 
  • आनन्द हराउनु 
  • अतार्किक, सीमित समयको भाषण
  • अनुहार र बोलीको प्रस्तुतीको अभाव

बहुध्रुबीय लक्षण

बहुध्रुबीय असन्तुलनले मनस्थिथिमा उन्माद, चरम खुसी, घमण्डीपना, उत्तेजना वा दिक्दारीपना वा निद्राको कम आवश्यकता जस्ता चरम मनस्थिति ल्याउँछ । समान्यतया दुइध्रुबीय असन्तुलनद्धारा प्रभावित व्यक्तिलाई एक चरमदेखि अर्को चरमसम्मको अनुभव हुन्छ । त्यस बीचमा उनीहरुले केही लक्षण अनुभव गर्ने वा नगर्ने दुबै हुनसक्दछ ।

दुइध्रुबीय असन्तुलन सामान्यरुपमा मनस्थितिको बहकाब होइन । दुइध्रुबीय असन्तुलनले मनस्थितिमा मात्र नाटकीय स्थानान्तरण नभई बाहिरी स्वरुप, व्यवहार र शक्तिको स्तरमा समेत नाटकीय अवस्था आएको हुन्छ ।

दुइध्रुबीय असन्तुलनको चक्रले उदासी र उन्माद समेट्छ र जसलाई “मिश्रित अवस्था” भनिन्छ ।

दुइध्रुबीय असन्तुलनका उन्मादपूर्ण लक्षणहरुले निम्न कुराहरु समेट्दछ ।

  • निन्द्राको घट्दो आवश्यकता
  • बढेको आत्माभिमान वा घमण्ड 
  • अस्थिर बिचारहरु 
  • ध्यानभङ्गता
  • उदेश्यउन्मुख गतिविधिहरुमा बृद्धि 
  • सामान्यभन्दा बढी कुरागर्ने हुनु वा बढी दवावपूर्ण वक्तव्य 
  • आनन्ददायी गतिबिधिहरुमा अत्यधिक सहभागिता जो प्राय आत्मपराजित गर्ने छन्। (हजेल्डेन प्रतिस्ठान, २०१६)

Stories

Living with someone with Bipolar disorder

My mom is a sufferer of bipolar disorder. Her condition first developed when..

-- Anonymous

Let's Talk

Talking about mental health is the first step to breaking the stigma. The key to changing stereotypical ideas and society’s attitudes and behaviour toward mental illness is to increase

-- MHA

State of well-being

Mental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,

-- MHA
Top