Living with someone with Bipolar disorder
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- Anonymousमनोवैज्ञानिक उपचारहरु (जसलाई बोल्ने उपचार पनि भनिन्छ)ले तपाईको सोच्ने तरिका परिवर्तन गर्न सहयोग गर्छ र समस्यासँग झेल्ने क्षमतामा पनि सुधार ल्याउँछ ताकी जीवनमा आउने तनाव र द्धन्दहरुको सामना गर्न, तपाई बढि सक्षम हुनुहुन्छ। निको हुनुमा सहयोग पुर्याउनुको साथ साथै, मनोवैज्ञानिक उपचारहरुले हानीकारक विचारहरु र व्यवहारहरु पहिचान गरि तपाईलाई स्वस्थ रहन मद्दत गर्छ।
कग्नेटिभ बिहेवियर थेरापी (सीबीटी)
सीबीटी एउटा संरचनागत मनोवैज्ञानिक उपचार हो। सोच्ने र काम गर्ने तरिकाले कसरी हामीले महशुस गर्ने तरिकामा असर पार्छ भनेर यसले पहिचान गर्छ। सीबीटी उदासपनको उपचारहरु मध्य सबैभन्दा प्रभावकारी उपचार हो र यो बालबालिका, किशोरावस्था, वस्यक र बृद्धाहरु जस्ता विभिन्न उमेरका मानिसहरुका निम्ति उपयोगी भएको पाइएको छ।
सीबीटी अन्तर्गत व्यवसाहिक (थैरापिष्ट)सँग उपचार गराई, तपाईलाई उदासपन भएको बेलामा उदास बनाउने वा तपाईलाई निको हुन नदिने, त्यस्ता सोच्ने र व्यवहार देखाउने तरिकाको ढाँचा पत्ता लगाइन्छ।
ईन्टरपर्सनल थेरापी (आईपीटी)
आईपीटी एउटा संरचनागत मनोवैज्ञानिक उपचार हो। व्यक्तिगत जीवनमा हुने समस्याहरु र तीसँग सामना गर्ने तरिकाहरुमा यो केन्द्रित हुन्छ। सम्बन्धमा हुने समस्याहरुले उदासपन र चिन्ता भोगिरहेको मानिसलाई धेरै असर पार्छ र यो कारक तत्व पनि बन्न सक्छ भन्ने अबधारणामा आईपीटी आधारित छ।
तपाईको सम्बन्धमा रहेका, उदासपनको जोखिममा लैजान सक्ने ढाँचाहरुको पहिचान गर्नमा आईपीटीले सहयोग गर्छ। यस्ता ढाँचाहरुको पहिचान गर्नाले, तपाई सम्बन्ध सुधारमा केन्द्रित हुन सक्नुहुन्छ, दुखको सामना गरी अरुसँग मिल्ने नयाँ तरिकाहरु पत्ता लगाउन सक्नुहुन्छ ।
बिहेभिएर थेरापी (बीटी)
बिहेभीएर थेरापी(बीटी) कग्नेटिभ बिहेवियर थेरापी (सीबीटी)को मुख्य भाग भएता पनि, यसले सीबीटी भन्दा फरक ढङ्गले काम गरी विश्वास र मनोवृत्तिहरु परिवर्तन गर्न प्रयास गर्दैन । बरु, उदासपन वा चिन्तालाई झनै बढाउने खालका हानीकारक गतिविधिहरुको ढाँचालाई रोक्ने उद्देश्यका साथ प्रोत्साहन गर्ने, रमाईलो अनुभव गराउने वा सन्तोषजनक गतिविधिहरुमा यो केन्द्रित हुन्छ।
माईन्डफूलनेश-बेस्ड कग्नीटीभ थेरापी (एमबीसीटी)
एमबीसीटी प्राय जसो समूहहरुमा प्रस्तुत गरिन्छ र यस अन्तर्गत एक प्रकारको “माईन्डफूल मेडिटेशन” नामक ध्यान गरिन्छ। यसले वर्तमानमा केन्द्रित हुन सिकाउँछ- चाहे त्यो राम्रो होस् वा नराम्रो आफूले गरेको अनुभवलाई याद राख्ने-परिवर्तन गर्न नखोजिकन- सुरुमा यो तरिका भौतिक अनुमुतिहरु (जस्तै श्वास फेर्न)को लागि प्रयोग हुन्छ, तर पछि गएर भावना र सोचहरुमा पनि लागु हुन्छ।
एमसीबीटीले दिमागलाई भविष्य वा विगतको बारेमा सोच्नबाट र विकारयुक्त सोचहरु एवं भावनाहरु आउनबाट रोक्नलाई सहयोग गर्छ। यसलाई उदासपन दोहोरिन नदिनको लागी सहयोगी मानिन्छ किनभने यसले दुख र नकरात्मक सोचहरुलाई स्थापित हुनुभन्दा अगाडि नै सुरुमै पहिचान गर्न प्रोत्साहन गर्छ। फलस्वरुप, जनाऊ संकेतसँग सुरुमै प्रभावकारी रुपमा सामना गर्न सक्नुहुन्छ।
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- AnonymousNeurosis is a living hell for those who suffer from it since it creates an entropy of chaos and order in our mental faculties. An individual seems normal from the outside, but his/her daily life is affected in an unprecedented way.
-- SAURAVMental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,
-- MHA