Living with someone with Bipolar disorder
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- Anonymousउदासपनको निम्ति प्रमुख औषधी भनेको एन्टीडीप्रेसेन्ट औषधी हो। एन्टीडीप्रेसेन्ट औषधीको बारेमा थुप्रै गतल जानकारीहरु पाईन्छ र कसरी यसले काम गर्छ भन्ने कुराको सरल परिभाषा पनि छैन। मध्यम देखिन गम्भिर किसिमको उदासपनको उपचार र केही चिन्ता सम्बन्धि रोगहरुका लागी यो अत्यन्त प्रभावकारी हुन सक्छ।
यदि तपाईलाई मध्यम देखिन गम्भिर किसिमको उदासपन छ भने डाक्टरले तपाईलाई एन्टीडीप्रेसेन्ट औषधीको साथमा मनोवैज्ञानिक उपचार दिन सक्छ। एन्टीडीप्रेसेन्टहरु कहिलेकाहीँ अरु उपचारहरु असफल हुनाले वा परिस्थितिको गम्भिरताले वा उपचारमा पहूँचको अभावले गर्दा पनि मनोवैज्ञानिक उपचारहरु सम्भव नहुनाले पनि दिइन्छ।
एन्टीडीप्रेसेन्ट औषधी
मानिसहरुले उदासपनको कुनै पनि लक्षणहरु अनुभव नगर्दापनि केही एन्टीडीप्रेसेन्ट औषधीले चिन्ताको व्यवस्थापन गर्न मद्दत पुर्याउँछ।
अध्य्यन अनुसार जब मानिसहरुमा चिन्ताको रोग देखा पर्छ, सेरोटोनिन, नोराड्रेन्लीन र डोपामाईन जस्ता मस्तिष्कको रसायनहरुमा विशेष किसिमको परिवर्तन आउँछ। मस्तिष्कको स्नायु कोषिका बिच हुने रसायनिक सन्देशको असन्तुलनलाई सच्चाउनको निम्ति एन्टीडीप्रेसेन्ट औषधी तयार पारिन्छ। विभिन्न किसिमका एन्टीडीप्रेसेन्ट औषधीको बारेमा जान्नुहोस्।
बेन्जोडियाजीपिन्स
बेन्जोडियाजीपिन्स (जसलाई कहिलेकाँही माईनर ट्र्याक्वीलाइजर्स र स्लिपिङ्ग पिल्स भनिन्छ) चिन्ताको रोग लागेका मानिसहरुलाई प्राय जसो छोटो अवधिको लागी दिईने औषधीको प्रकार हो। बेन्जोडियाजीपिन्सले आनन्दको अनुभव दिन्छ र तनाव घटाँउछ तर यो लामो अवधिको लागी प्रयोग गर्न सुझाव दिईदैन किनकी यसले चनाखोपन घटाउन सक्छ, तालमेलमा असर पार्न सक्छ, र लत लगाउन सक्छ। यीनिहरु छोटो अवधिको (दुई देखिन तीन हप्ता) लागी उपयोगी हुन् सक्छन् वा कुनै बृहत उपचार योजनाकोअंश स्वरुप आवधिक रुपमा प्रयोग गर्न सकिन्छ, तर प्राथमिक वा एकल उपचारको रुपमा प्रयोग गर्न सकिन्न।
अन्य सहायताका स्रोतहरु
यदि उदासपन र चिन्ताको रोगलाई उपचार गरिएन भने यो कैयौँ महिना सम्म, वा वर्षसम्म पनि लम्बिन सक्छ। राम्रो पक्ष के हो भने यसको निम्ति प्रभावकारी उपचारहरु उपलब्ध छन् र यसलाई निको पारी स्वस्थ रहन तपाई आफू पनि थुप्रै उपायहरु अपनाउन सक्नुहुन्छ।
फरक मानिसहरुका निम्ति फरक उपचारहरुले काम गर्छन, र तपाईको विकल्प वा चयन गरेको तरिकाको बारेमा चिकित्सक वा मानसिक स्वास्थ्य व्यवसायीसँग क्षलफल गर्नु सबैभन्दा राम्रो हुन्छ। यदि तपाईले पहिलो कदम चालिसक्नुभयो र स्वास्थ्यकर्मीसँग उपचारका केही विकल्पहरुको बारेमा क्षलफल गरिसक्नुभयो भने, तल दिइएका जीवनशैली परिवर्तन र सामाजिक सहयोग सम्बन्धि केही विचारहरु अवलम्बन गर्न सक्नुहुन्छ। प्राय जसो मानिसहरुलाई विभिन्न तरिकाहरुको मिसरणले काम गर्छ।
निको हुनलाई समय लाग्न सक्छ भन्ने कुरा सम्झिनु महत्वपूर्ण हुन्छ, र जसरी कुनै दुई मानिसहरु एउटै हुदैँनन् त्यसैगरी उनिहरु निको हुने तरिका पनि एउटै हुदैन। धेर्य गर्नुहोस् र आफूलाई धेरै पीडा नदिनुहोस् ।
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- AnonymousNeurosis is a living hell for those who suffer from it since it creates an entropy of chaos and order in our mental faculties. An individual seems normal from the outside, but his/her daily life is affected in an unprecedented way.
-- SAURAVMental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,
-- MHA