Living with someone with Bipolar disorder
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- Anonymous३ जना नेपालीहरु मध्ये १ जनाले आफ्नो जीवनकालमा कम्तिमा एकचोटी मानसिक रोग भोगेको हुन्छ। नेपालमा अनुमानित ६,८४० आत्महत्याहरु हुने गर्छन, जुन विश्वको सातौँ उच्चमा पर्दछ। मानसिक रोग लागेका व्यक्तिहरुले गम्भीर तहको कलंक र विभेद भोग्छन्।
मानसिक रोग पहिले नै कलंकले भरिपूर्ण हुन्छ, र यदि कोही व्यक्ति असंवेदनशील र निर्दयी भयो भने, मानिहरु आफ्नो मानसिक स्वास्थ्यको बारेमा फेरी कहिले पनि क्षलफल नगर्न सक्छन्। निको हुने प्रक्रियालाई हामीले के कुरा सुन्छ भन्नेले सहयोग तथा असर पार्ने हुनाले, संवेदनशील हुनु जरुरी हुन्छ तर नथपाइकन हामी सजिलै असंवेदनशील पनि बन्न सक्छौँ।
यदि कसैले आफ्नो मानसिक स्वास्थ्यको बारेमा तपाईसँग खुलेर क्षलफल गर्यो भने तपाईले भन्न नहुने कुराहरु याँहा दिइएको छ। याँहा दिइएकाहरु विशेषगरी उदासपनको बारेमा छन्, तर सामान्यतय कस्तो प्रतिक्रिया हुनुपर्छ भन्ने सिद्दान्त प्राय सबैमा लागु हुन्छ। यो कुनै पनि दृष्टिकोणले पूर्ण सूचि भने अवश्य होइन।
"बहुलाजस्तो कुरा नगर्नुहोस्"
यो वाक्य सोच्दै नसोची चोट नपुराउने उद्देश्यले प्रयोग हुन सक्छ। तर कुनै व्यक्ति जसलाई पहिले नै आफूमा कमजोरी छ भन्ने लाग्छ र अन्य शारीरिक रोगको तुलनामा आफ्नो रोगलाई बिरलै सम्मानको दृष्टिकोणले हेरिन्छ भन्ने लाग्छ, त्यस्ता व्यक्तिहरुलाई यस्ता वाक्यले चोट पुर्याउँछ। “बहुलाजस्तो कुरा नगर्नुहोस्” भन्नु भनेको मानसिक रोगीहरुले भोग्ने वास्तविक पीडालाई महत्वहिन बनाउनु हो।
"सहिदिए भैहाल्यो नि”
यो एकदमै सामान्य लाग्न सक्छ, तर यो अझै पनि प्रयोग गरिन्छ। यस्तो भन्नु रुखो मात्रै नभइकन अरु व्यक्तिहरुको अनुभवलाई महत्वहिन बनाउनु पनि हो।
”खुसी हुनुहोस् न!”
उदासपनले गर्दा मानिसहरुलाई राम्रो मनशायले दिइएको सुझाव पनि पालना गर्न कठिन हुन सक्छ। फेरी पनि यसो भन्दा ती मानिसहरुलाई महत्वहिन बनाएको जस्तो सुनिन्छ, र यसको अर्थ अर्को व्यक्तिको मानसिक रोगमाथि राम्रो नियन्त्रण छ र त्यहि हुनाले अर्काको समस्या अस्तिवहिन छ भनेर उसले सोचेको हो भन्ने बुझिन्छ।
“तर तपाई जति खेर पनि कस्तो खुसी हुनुहुन्छ!”
हेर्दा खुसी देख्यो भन्दैमा मानिसहरुलाई पीडा छैन भनेर भन्न सकिन्न। यो राम्रो मनशायले भनिएको वाक्य होला, तर बाहिर लक्षण नदेखाएको हुनाले उनिहरुको मानसिक रोग वास्विक होइन भनेर उनिहरुलाई लाग्न सक्छ।
“आफ्नो परिवारको लागी तपाई बलियो हुनुहोस्”
मानिसहरुलाई “बलियो हुनुहोस्” भनेर भन्नाले उनिहरुलाई कमजोर, अपर्याप्त वा खराब साथी वा अभिभावक जस्तो महशुस गराउन सक्छ। राम्रो मानशायले भनिने भएतापनि, यो वाक्य नभनेको सबैभन्दा राम्रो हुन्छ।
“यो सब तपाईको दिमागको खेल हो”
यो सत्य भएतापनि, मानसिक रोगलाई यसले कम वास्तविक बनाउदैन। समान्य लाग्ने यस्ता वाक्यले फेरी पनि रोगीहरुले आफूले नियन्त्रण गर्न नसक्ने कुराहरुमा दबाब अनुभव गर्छन, र यसो गर्नु करुणामय हुदैँन।
बरु तपाईले , “मैले कसरी मद्दत गर्न सक्छु ?” भनेर सोध्नसक्नुहुन्छ।
"अरु मानिसहरुको त यो भन्दा पनि खराब हुन्छ”
यसले मानिसहरुलाई उनिहरुले समस्याको सामना राम्रोसँग गरिरहेका छैनन् भनेर महशुस गराउँच। यसले उनिहरुको समस्याहरुलाई महत्वहिन जस्तो बनाईदिन्छ र उनिहरुलाई आफूले अरुहरु जस्तो राम्रो गरेको छैन रहेछु भनेर अझै नराम्रो अनुभव गराउँछ।
मानसिक स्वास्थ र मानसिक रोग कुनै प्रतिसपर्दा होइन। यसलाई प्रतिस्पर्धा नबनाउनुहोला।
”तपाईले योगध्यानआयुर्वेदिक चिया प्रयोग गर्नु भएको छ ?”
यो वाक्यले त्यस व्यक्तिले कुनै किसिमको उपचारहरुको खोजी गर्न केही नि सोचेको छैन भन्ने कुरा जनाउछ। साथै यी सबै चिजहरुले मद्दत गरेता पनि यीनले स्वचालित रुपमै समस्याहरु समाधान गर्ने होइनन्।
बरु, “तपाईलाई केले मद्दत गर्छ ?” भनेर सोध्नुहोस्।
“नआत्तिनुस। यो ठिक हुन्छ”
यसले महत्वहिन बनाउने मात्र होइन बरु यस किसिमका शब्दहरुले मानिसहरुलाई समस्या गम्भिर होइन त्यसैले उपचार खोज्न पर्दैन भन्ने जस्तो सन्देश दिन्छ। मानसिक स्वास्थ्य सुधार हुन सकेतापनि, यसको निम्ति प्राय उपचार चाहिन्छ। मानिसहरुले उपचार लिनु महत्वपूर्ण हुन्छ।
“त्यो चक्किहरु कारणले गर्दा तपाईलाई यस्तो महशुस भइरहेको छ”
मानिसहरुलाई कहिले पनि औषधी छोड्नको लागी नभन्नुहोस्। एकैचोटी औषधी छोड्नु खतरनाक हुन्छ। बिरामीलाई हेरिरहेको चिकित्सकले औषधी उपयोगी छ वा छैन भनेर निर्धारण गर्छ।
”हरेक मानिसले यो एक न एक चोटी भोगेकै हुन्छ।”
फेरी पनि यसो भन्नु उनिहरुको लक्षणहरु महत्वहीन बनाउनु हो र यसले सबैले भोग्ने मानसिक रोग उस्तै हुन्छ भन्ने जनाउँछ। बरु “तपाईहरु एक्लै हुनुहुन्न” र परेको बेलामा हामी तपाईसँग छौँ भन्नु बढि उपयुक्त हुन्छ।
“मलाई थाहा छ तपाईलाई कस्तो महशुस हुन्छ”
कहिलेकाँही, सहानुभूती राख्दा कृपा गरेको जस्तो हुन्छ। “मलाई थाहा छ तपाईलाई कस्तो महशुस भैरहेको छ” भन्दाखेरी राम्रो मनशायले भनेको भएता पनि अरुले भोगेको कुरा महत्वहीन बनाइदिएको जस्तो हुन सक्छ।
तपाई आफूले उदासपन भोगेको भएतापनि, तपाईले “मलाई थाहा छ तपाईलाई कस्तो महशुस हुन्छ” भन्ने भनाई सकरात्मक नसुनिन सक्छ। बरु, उल्टै त्यो व्यक्तिलाई तपाईको तुलनामा आफूले राम्रोसँग समस्याको समाधान गरेको छैन भन्ने लाग्न सक्छ, जसले गर्दा उनिहरुलाई झनै नराम्रो लाग्न सक्छ। तपाईको अनुभव उसको भन्दा बिलकुल फरक हुन पनि सक्छ त्यसैले अनुमान नगर्नुहोस्।
बरु “तपाईलाई गाह्रो छ होला।” भन्न प्रयास गर्नुहोस्। करूणा देखाउनुहोस् , सहानुभुती होइन।
करुणाको मुख्य अंश भनेको अरुको संघर्षलाई महत्वहीन नतुल्याउनु हो। उनिहरुले के भोगीरहेका छन् भन्ने कुराको बारेमा तपाईलाई थाहा हूदैन; हरेक मानिसको फरक अनुभव हुन्छ। तपाईलाई एउटै मानसिक रोग लागेको भएतापनि, तपाईले अरुलाई कस्तो अनुभव भइरहेको छ भनेर अनुमान गर्नु हुदैन। सतर्क, सावधान र नम्र हुन प्रयास गर्नुहोस्।
विवेक प्रयोग गर्नुहोस्। मानसिक स्वास्थ्य महत्वपूर्ण छैन वा उनिहरुले राम्रोसँग उपचार गरिरहेका छैनन् र झन उनिहरुले बाहाना बनाइरहेका छन् वा अल्छि भएका छन् भनेर नभनिकन करुणामय र सहयोगी हुन प्रयास गर्नुहोस्।
याद राख्नुहोस् कि यदि उनिहरुले तपाईलाई सबै कुरा भन्न चाहीरहेका छैनन् भने, उनिहरुले के कुरा भनेनन् भन्ने तपाईको चासो को विषय होइन। यदि कोही तपाईसँग खुलेर आफ्नो मानसिक स्वास्थ्यको बारेमा भन्छ भने, पाँच मिनेटमै सबै कुरा गहिराईसम्म खोतलेर वा उनिहरुको सबै समस्या समाधान गर्न प्रयास नगर्नुहोस। यदि उनिहरुले कुनै सम्बन्धित व्यवसायिक व्यक्तिसँग क्षलफल गरेका छैनन् भने उनिहरुलाई त्यस्ता व्यक्तिहरुसँग क्षलफल गर्न उत्प्रेरित गर्नुहोस् । क्षलफललाई गोपनियताका साथ राख्नुहोस्: यी जानकारीहरु तपाईको होइनन त्यसैले तेस्रो पक्षसँग यसबारे क्षलफल नगर्नुहोस्।
स्रोत: www.encounter.health
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- AnonymousNeurosis is a living hell for those who suffer from it since it creates an entropy of chaos and order in our mental faculties. An individual seems normal from the outside, but his/her daily life is affected in an unprecedented way.
-- SAURAVMental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,
-- MHA