Living with someone with Bipolar disorder
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- Anonymousहाम्रो अभियानहरुमा सहभागी हुनुहोस्, जानकारी बाढ्नुहोस्, साथीहरुलाई बोलाउनुहोस् र मानसिक स्वास्थ्यको बारेमा थप जान्नुहोस् । हामीसँग तपाई स्वयंसेवक भएर पनि काम गर्न सक्नुहुन्छ र हाम्रो कामको लागी आर्थिक सहयोग जुटाउन मद्दत गर्न सक्नुहुन्छ। यदि खबर फैलाउने वा सचेतना फैलाउने सम्बन्धि कार्यक्रममा तपाईको विद्यालय, कार्यस्थल र समूदायमा तपाईलाई रुची छ भने, हाम्रो सम्पर्कमा आउनुहोस् र हामीले कसरी मद्दत गर्न सक्छौँ भनेर हामीलाई भन्नुहोस्।
याद राख्नुहोस् कुनै पनि काम, कार्य वा गतिविधि सानो भन्ने हुदैन।
यदि तपाई कलेजको विद्यार्थी हुनुहुन्छ वा कर्मचारी हुनुहुन्छ भने, मानसिक स्वास्थ्यसँग सम्बन्धित मानसिक स्वास्थय सचेतना कार्यक्रमहरु आयोजना गर्नुहोस् । सामाग्री लगायत अन्य सहयोगको लागी हाम्रो सम्पर्कमा आउनुहोस् ।
क्षलफल सुरु गर्नुहोस्
साथीहरु बिच मानसिक स्वास्थ्यसँग सम्बन्धित क्षलफलहरु सुरु गर्नुहोस्। तपाईसँग भएको जानकारी बाढ्नुहोस् र उनिहरुलाई थप जानकारीको लागी mhanepal.org/np मा जान आग्रह गर्नुहोस्।
समाजिक संजालको चित्रहरुमा सहि सन्देशहरु दिनुहोस्
नविनता भएका चित्रहरु बनाउनुहोस। सन्देश सहि छ र नैतिक स्तर अनुरुप छ भन्ने कुरा सुनिश्चित गर्नुहोस् । अफ्ट्यारो नमानिकन हामीसँग बाढ्नुहोस् र हामी त्यसको पुनरावलोकन गर्न खुसी हुनेछौँ।
प्रण गर्नुहोस्
प्रण गर्नुहोस् र मानसिक स्वास्थ्य सम्बन्धित कलंकको अन्त्य गर्नको लागी अरुहरुलाई पनि प्रण गर्न उत्प्रेरित गर्नुहोस्।
आर्थिक सहयोग संकलन कार्यक्रम संचालन गर्नुहोस्
यो जानकारीको स्रोतलाई लामो समयसम्म विस्तार गर्नको लागी सर्भाइभर्स प्रतिबद्ध छ र यो कार्य गर्नको लागी बाहिय अनुदानमा भर पर्न चाँहदैन। सानो होस वा ठूलो आर्थिक सहयोग जुटाउनको लागी कार्यक्रम संचालन गर्नुहोस्। यसमा जन्मदिनको भोजहरु, फुटबल म्याच, दशैँ कार्यक्रम वा नभए बनभोज वा कन्सर्ट पर्न सक्छ। यो जटिल वा ठूलो हुन पर्छ भन्ने छैन। केवल परियोजनामा मात्रै सबै नीजि लगानी लगाउनेसँग सम्बन्धित सुन्य व्यवस्थापन शूल्क प्रतिबद्दता (लिंक) को बारेमा थप जान्नुहोस्। सर्भाइभर्सले, व्यक्तिगत चन्दालाई आफ्नो प्रशासनिक कार्यमा लगाउँदैन।
कार्यक्रमहरुमा सहभागी हुनुहोस्
विश्व मानसिक स्वास्थ्य दिवस र अन्य यस्तै खालका कार्यक्रमहरुको घोषणा हाम्रो वेबसाईट र फेसबुक पेजमा हुन्छ। थप आगामी जानकारीको लागी र कार्यक्रमहरुमा सहभागी हुनको लागी हाम्रो फेसबुक पेजलाई लाईक गर्नुहोस्, खबर फैलाउन सहयोग गर्नुहोस् ।
मानसिक स्वास्थ्य र रोगको बारेमा क्षलफल गर्न सबैभन्दा महत्वपूर्ण ठाँऊ भनेको भनेको कार्यस्थल हो, तर हामी यसबारे सबैभन्दा कम चर्चा भएको पाउँछौ।
कामदारहरु कलंकित हुने डरले गर्दा यसबारे आफ्ना सहकर्मीहरुसँग क्षलफल गर्न डराउँछन् । जागिरबाट हटाइने डरले, सम्बन्ध बिग्रिन्छ भन्ने डरले वा भविष्यमा अन्य रोजगारदाताहरुले यस बारेमा थाहा पाउलान भन्ने डरले गर्दा उनिहरु आफ्नो हाकिमसँग क्षलफल गर्न पनि डराउँछन्। मानसिक रोगको कंलकले उनिहरुलाई चुप बनाँउछ।
कार्यस्थलमा मानसिक स्वास्थ्यको बारेमा हुने यस्तो डरको वातावरणलाई परिवर्तन गर्ने अवसर रोजगारदाताहरुसँग हुन्छ। तर उनिहरुले बिरलै यस्तो गर्छन्। अधिकांश कामदारहरुको मानसिक स्वास्थ्यको अवस्था बारेमा कुनै जाँच हुदैन वा उपचार हुदैन।कार्यस्थलमा मानसिक स्वास्थ्यको बारेमा सकरात्मक रुपले कुरा गर्नाले, सबै कामदारहरुलाई उनिहरुको मानसिक सुस्वास्थ्य सम्बन्धि सहयोगी वातावरण निर्माण गर्न दिशा निर्देशन हुन्छ।
सर्भाईभर्सले कार्यस्थलहरुमा मानसिक स्वास्थ्य सम्बन्धि आधा दिनको अभिमुखिकरण कार्यक्रम आयोजना गर्छ।कृपया कार्यक्रमको बारेमा थप जान्नको लागी तपाईले यसबाट कसरी फाईदा लिन सक्नुहुन्छ भनेर जान्नको लागी याँहा info@the-survivors.org मा इमेल गर्नुहोस्।
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- AnonymousNeurosis is a living hell for those who suffer from it since it creates an entropy of chaos and order in our mental faculties. An individual seems normal from the outside, but his/her daily life is affected in an unprecedented way.
-- SAURAVMental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,
-- MHA