मानसिक स्वास्थ्य सम्बन्धि मिथ्या र गलत अवधारणहरु

तल मानसिक रोगको बारेमा चलिआएका केही मिथ्या र गलत धारणाहरु दिइएका छन्। मानसिक स्वास्थ्य को बारेमा राम्रोसँग बुझ्नाले सबैजनालाई आफूलाई सहयोग लिन र समस्याको रोकथाम गर्नको लागी मद्दत हुन्छ। यस किसिमको मिथ्याले गर्दा मानसिक रोग लागेका मानिसहरुलाई गलत रुपमा बुझिन्छ र तिनलाई कलंकित गरिन्छ।

मिथ्या : व्यक्तिगत कमजोरीको कारणले गर्दा मानसिक रोग लाग्छ
 

वास्तविक्ता: मानसिक रोग भनेको व्यक्तिगत कमजोरी होइन। यो यस्तो रोगको हो जुन कमजोर हुनु वा ईच्छा शक्तिको अभाव हुनुसँग कतै पनि सम्बन्धित छैन। आफू निको हुनुमा मानसिक रोग लागेका व्यक्तिहरुको ठूलो भूमिका भएतापनि, उनिहरु जानी जानी बिरामी भएका होइनन् र उनिहरु तुरुन्तै निको हुन सक्दैनन् भन्नुको मत्लब उनिहरु अल्छि होइनन्।

मिथ्या: यदि मैले मानसिक स्वास्थयको समस्या सम्बन्धि मद्दत माँगे भने, अरुहरुले मलाई कायर वा बहुला भन ठान्नेछन् ।
 

वास्तविक्ता: उपयुक्त सहयोग माग्नु भनेको ताकत हो, कमजोरी होइन। जसरी अन्य स्वास्थ्यको समस्या सम्बन्धि उपचार गर्न कसैले पनि ढिलो गर्नु हुन्न त्यसैगरी निको नभइरहेको मानसिक स्वास्थ्य को समस्याको लागी मद्दत खोज्न ढिलो गर्न हुन्न। समस्याको सामना गर्न सबैभन्दा बुद्धिमानी र साहासी उपाय भनेको मद्दत खोज्नु हो, किनभने विशेष गरी सुरुमा गरिने उपचारले बढि सकरात्मक नतिजाहरु ल्याउन सक्छ। 

मिथ्या: मानसिक रोग एउटा एक्लो, असामान्य रोग हो।

वास्तविक्ता: मानसिक रोग एउटा एकल रोग होइन वलकी एउटा यस्तो वृहत वर्गिकरण हो जसमा अनेक किसिमका रोगहरु पर्छन् । चिन्ताको रोग, उदासपन, स्किजोफ्रीनिया, व्यक्तिगत रोगहरु, जथाभावी खाने रोग र ध्यान दिन नसक्ने रोगहरुले थुप्रै नेपालीहरु पीडित भएका छन्।

मिथ्या : मानसिक रोग लागेका मानिसहरु कहिले निको हुदैँनन्।

वास्तविक्ता: सहि किसिमको सहयोगले, मानसिको रोग लागेका मानिसहरु प्राय निको हुन्छन् र पछि स्वस्थ एवं उत्पादनमूलक जिन्दगी बाच्छन्। रोग निको नभएपनि, त्यससँग सम्बन्धित सबै लक्षणहरु नियन्त्रण गर्न सकिन्छ। 

मिथ्या : मानसिक रोग लागेका मानिसहरु गरीब रवा कम बुद्दिमान हुन्छन् ।

वास्तविक्ता: विभिन्न अध्य्यनहरुले मानसिक रोगीहरुहरुको सामान्य वा सामान्य भन्दा बढि बुद्धि हुन्छ भनेर देखाएको छ। शारीरिक रोग जस्तै मानसिक रोगले जसलाई पनि असर गर्न सक्छ र यसले बु्द्धि, सामाजिक वर्ग चा आयस्रोतको तहलाई हेर्दैन। 

स्रोत : http://canwetalk.ca

Stories

Living with someone with Bipolar disorder

My mom is a sufferer of bipolar disorder. Her condition first developed when..

-- Anonymous

On Anxiety and Freedom

Neurosis is a living hell for those who suffer from it since it creates an entropy of chaos and order in our mental faculties. An individual seems normal from the outside, but his/her daily life is affected in an unprecedented way.

-- SAURAV

State of well-being

Mental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,

-- MHA
Top