Living with someone with Bipolar disorder
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- Anonymousमानसिक रोगको बारेमा खुलेर बोल्न चुनौतीपूर्ण हुन सक्छ। अत्यन्तै गम्भीर व्यक्तिगत जानकारी अरुसँग बाढ्न निकै साहास चाहिन्छ। अवस्था कस्तो होला र अरुले आफ्नो बारेमा के सोच्लान भनेर पनि त्यो व्यक्ति आत्तिन सक्छ।
यदि कुनै व्यक्तिले आफ्नो मानसिक स्वास्थ्यको बारेमा तपाईसँग क्षलफल गर्न खोज्छ भने, निम्न दिइएको रणनीति प्रयोग गरी त्यो व्यक्तिलाई कुरा गर्न सहज बनाइदिनुस् :
सुन्नुहोस्
उनिहरुलाई आफ्नो वाक्यहरु सकाउन दिनुहोस् र उनिहरुलाई बिचमा नरोकिकन आफ्ना विचारहरु पूर्णरुपले राख्न दिनुहोस्।
तपाईले उसको कुरा बुझ्न सक्नुहुन्छ भन्ने कुरा भन्नुहोस्
यदि कसैले आफ्नो कथा भनिरहेको छ र तपाईले पनि त्यस्तै खालको अनुभव भोग्नुभएको छ भने- उनिहरुलाई भन्नुहोस् । कुनै व्यक्ति एक्लो छैन भनेर थाहा पाउनु एकदमै मद्दतकारी हुन्छ। तर क्षलफलको विषयलाई मोडेर तपाईको आफ्नो संघर्ष तर्फ नलैजाने कुराको शुनिश्चित गर्नुहोस् : उनिहरुको आवश्यक्तामै केन्द्रित हुनुहोस् ।
आलोचनात्मक नहुनुहोस्
उनिहरुलाई तपाई अचम्मको हुनुहुन्छ वा सन्की हुनुहुन्छ भनेर नभन्नुहोस्: यसले कदापी मद्दत गर्दैन।
उनिहरुलाई गम्भीर रुपमा लिनुहोस्
उनिहरुलाई राम्रो लाग्ने गरी वा उनिहरुले भोगिरहेको पीडा कम हुने गरी, “तपाईको यो हप्ता नराम्रो गरी बित्यो” वा ‘मलाई विश्वास छ कि यो केही पनि होइन।” भन्ने जस्ता वाक्यहरु प्रयोग गरी प्रतिक्रिया दिनुहोस्।
परेमा फेरी कुरा गर्नको लागी आफू उपलब्ध हुनुहोस्
आफुले लुकाएर राखेका रहस्यहरु अरुलाई भन्दा धेरै राहत हुन त सक्छ, तर मानसिक समस्या प्राय एक चोटिको क्षलफलले मात्र समाधान हुन्न्। तपाईसँग कुरा गरेको व्यक्तिलाई यदी गाह्रो पर्यो भने उनिहरुले फेरी पनि कुरा गर्न सक्छन् भन्ने कुरा थाहा दिनुहोस्।
तपाईलाई भनिएको कुराहरु अरुसँग नबाढ्नुहोस्
यदि कसैले तपाईसँग आफ्नो मानसिक समस्याको बारेमा भनेको छ भने, सर्वप्रथम त उनिहरुलाई त्यो सम्भवत: गाह्रो नै परेको हुनुपर्छ र तपाईले उनिहरुले भनेका कुराहरु विद्यालयमा अन्य विद्यार्थीहरुलाई भन्नु हुदैँन । उनिहरुले ईच्छा गरे अनुसार आफ्ना कुराहरु बाढ्न दिनुहोस्।
यदि तपाईले बुझ्नुभएन भने, अध्य्यन गर्नुहोस् र तपाईलाई भनिएको कुराहरु सिक्नुहोस्
तपाईको जानकारी www.mhanepal.org/np जस्तो भरपर्दो स्रोतबाट आइरहेको छ भन्ने कुराको सुनिश्चित गर्नुहोस्। याद राख्नुहोस् कि यस्ता थुप्रै विज्ञ वेबसाईटहरु छन् जुन भरपर्दो नै छन् भनेर भन्न सकिन्न। जहिले भरपर्दो संस्थाले संचालन गरेको र मान्यता पाएको स्रोतलाई मात्रै आधार मान्नु होस्।
त्सस व्यक्तिलाई विज्ञको मद्दत लिन निर्देशन गर्नुहोस्
कहिलेकाहीँ मानसिक रोगको लागी बृहत किसिमको परामर्शदाता वा मनोवैज्ञानिक चिकित्सक र अन्य चिकित्सकको संयुक्त हेरविचार आवश्यक पर्छ । त्यस व्यक्तिलाई छिटो उपचार गर्न प्रेरित गर्नुहोस्। हेरविचार गर्ने मानिसहरुको लागी यस लिंकमा हेर्नुहोस् र एमएचएद्वारा सिफारिस गरिएको च्याम्पनिएन मानसिक स्वास्थ सेवा प्रदायकको बारेमा जान्नुहोस्।
यदि कसैले आफुले आफुलाई हानी पुर्याउने खालको विचार आएको छ भनेर भन्यो भने सो बारेमा परिवारको सदस्यालाई जानकारी गर्न उतप्रेरित गर्नुहोस्
तपाईलाई विश्वास गर्ने साथी हुनु जरुरी छ, तर यदि तपाईको साथीले आफूलाई वा अन्य कोहीलाई हानी पुर्याउने योजना बनाएको छ भने, अरुले कसैले नदेख्ने दृश्य र नसुन्ने आवाजहरुको अनुभव गरिरहेको छ भने, वा तिनमा बेवास्था गर्न नहुने संकेत वा लक्षण देखा परेको छ भने, सो बारेमा उसलाई आफ्नो परिवारको सदस्य वा हेरविचार गर्ने व्यक्तिलाई भन्नको लागी उतप्रेरित गर्नुहोस् । यस्तो अवस्थामा तुरुन्तै सहयोगको आवश्यक्ता पर्छ।
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- AnonymousNeurosis is a living hell for those who suffer from it since it creates an entropy of chaos and order in our mental faculties. An individual seems normal from the outside, but his/her daily life is affected in an unprecedented way.
-- SAURAVMental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,
-- MHA