Living with someone with Bipolar disorder
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- Anonymousसर्भाइभर्स नेपाल एउटा गैर राजनीतिक, गैर नाफामूलक संस्था हो हुन आवश्कता परेकाहरुलाई रंग, जातीयता, लिङ्ग, उमेर, क्षमता वा समाजिक अवस्थाको विभेद बिना सहयोग प्रदान गर्ने सिद्दान्तको साथ स्थापना भएको हो। समूदायले भोग्ने समस्याहरु र चुनौतीहरुका निम्ति सर्भाइभर्सले किफायति समाधानहरु प्रदान गर्छ। सर्भाइभर्सले समुदाय केन्द्रित परियोजनाहरु तयार पारी मानविय प्रतिक्रिया एवं विपद सम्बन्धि राहत प्रदान गर्ने, ग्रामिण शिक्षालाई सुधार गर्ने, वेवास्था गरिएका स्वास्थ्य एवं सामाजिक मुद्दाहरुको पैरवी गर्ने, आर्थीक विकासको निम्ति साझेदारी कायम गरि मानसिक स्वास्थ्यसँग सम्बन्धित कलंकलाई सम्बोधन गर्ने काम गर्छ। मे २०१५ मा सर्भाइभर्स, नेपालमा दर्ता भयो र यसको कार्यालय थापाथली, काठमाडौँ मा छ।
नेपालमा समूदायहरुको मानसिक स्वास्थ्यको सुधारको लागी सर्भाइभर्स सक्रिय रुपमा काम गर्दै छ। २०१६ सालमा सर्भाइभर्सले नेपालमा मानसिक स्वास्थ्य सम्बन्धित बृहत नीति विश्लेषण संचालन गर्यो। यस अन्तर्गत सर्भाईभर्सले समुदायमा बढि केन्द्रित हुने समष्टिगत अवधारणा अवलम्बन गर्ने नयाँ राष्ट्रिय मानसिक स्वास्थ्य नीतिको विकासमा मुख्य भूमिका निर्वाह गर्यो।
सर्भाइभर्सले “मानसिक स्वास्थ्य सम्बन्धि कलंकको सामना” भन्ने समुदायिक अनुदान ढाँचालाई अहिले कार्यान्वयन गर्दै छ। सामजिक परिवर्तनका संवाहकहरु, नीजि क्षेत्रका रोजगारदाताहरु, सरकारी कर्मचारीहरु, र विकास क्षेत्रमा काम गर्नेहरुका लागी नविन जानकारी सत्रहरुको विभिन्न संस्करणहरु मार्फत, यो परियोजनाले कार्यस्थलमा हुने गलत धारणाहरु, नकरात्मक मनोवृत्ति र विश्वासहरु, प्रत्यक्ष एवं प्राप्त कलंकलाई सम्बोधन गर्नेछ। यो परियोजनाले सामाग्रीहरु विकास गरी परीक्षण गर्नेछ र एउटा नमुना तयार पार्नेछ जुन अन्य बृहत प्रयोगका निम्ति पनि उपयोग गर्न सकिन्छ।
सर्भाइभर्स नेपाल मानसिक रोगको बारेमा परिवारहरु, कार्यस्थलहरु एवं जन साधारणमा सचेतना फैलाई कलंक र विभेद घटाउनमा केन्द्रित छ। मानिसहरुलाई उपचार खोज्न, आत्मविश्वास निर्माणमा योगदान पुर्याउन, एक्लोपनालाई घटाउन र मानिसहरुको स्थानिय कार्यक्रम र ईन्टरनेटको स्रोत सामाग्रीमा पहुँचको सम्भावना वृद्धि गर्नको लागी सर्भाइभर्सका परियोजनाहरुले मानिसहरुलाई सहायता प्रदान गर्छ।
सर्भाइभर्स नेपालले हालै चालू नीतिको पैरवी गर्छ र मानसिक स्वास्थ्य लगायत नविन सार्वजनिक स्वास्थ्य कार्यक्रमहरुको विकास र कार्यन्वयन गर्छ।
२०१६ मा सर्भाईभर्सले उपलब्ध रहेको नेपालको मानसिक स्वास्थ्य नीतिको प्रारुपको समीक्षा गर्ने क्रममा, अवरोध पहिचान गरी सुधृण मानसिक स्वास्थ्यका निम्ति, आवश्यक्तामा आधारित नीति निकाल्यो। समष्टिगत अवधारणा अवलम्बन गरिएको नयाँ मानसिक स्वास्थ्य नीति (Mental Health Policy) (एमएचपी) विकास गर्नमा, सर्भाइभर्स मूल रुपमा संलग्न थियो। स्वास्थ्य विभाग अन्तर्गत मानसिक स्वास्थ्य विभाग स्थापना भएको हेर्न र नयाँ एमएचपी पुर्ण कार्यन्वयन भएको हेर्न सर्भाईभर्स उत्सुक छ।
विद्यालय जाने बालबालिकाहरु र शिक्षकहरुका निम्ति विपद पश्चात गरिने हस्तक्षेपहरुका लागी भनेर सर्भाइभर्सले मनोसामाजिक हस्तक्षेपहरु पनि तयार पारेको छ।
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- AnonymousNeurosis is a living hell for those who suffer from it since it creates an entropy of chaos and order in our mental faculties. An individual seems normal from the outside, but his/her daily life is affected in an unprecedented way.
-- SAURAVMental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,
-- MHA