Living with someone with Bipolar disorder
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- Anonymousसबैका लागि मानसिक स्वास्थ्य एउटा यस्तो मंच हो जुन मुल रुपमा मानसिक स्वास्थ्य सम्बन्धि क्षलफल गर्न, त्यस सम्बन्धि संकेत एवं लक्षणहरुको जानकारी उपलब्ध गराउन र नेपालमा मानिसहरुका निम्ति गुणस्तरिय सेवा र सामाजिक सहयोग प्रदान गर्नको निम्ति तयार पारिएको हो। मानसिक स्वास्थ्य सम्बन्धि कलंक घटाउनको लागी उल्लेखनिय भूमिका खेल्ने उद्देश्य यो मंचले राखेको छ।
यो चित्रले साहसरारा चक्रलाई प्रतिनिधि गर्छ जुन सुक्ष्म शरिरको सबैभन्दा माथिल्लो चक्र हो। यो टाउकोको तालुमा अवस्थित हुन्छ। हिन्दु धर्मको गोप्यशास्त्र अनुसार, यसलाईसबैभन्दा उच्चतम आध्यात्मिक केन्द्र एवं चेतनाको अवस्थाको रुपमा लिईन्छ। चक्रलाई कमलको फुलमा हजारवटा बहुरङ्गी पातहरुले जनाइन्छ।
चक्रको बिचमा रहेको देवनागरी शब्द म्ह, म्हपुजाबाट लिइएको हो। यो नयाँ वर्षको अवसरमा नेवारहरुले आत्मा सुद्धिकरण र सशक्तिकरण गर्न भनेर मनाइने वार्षिक उत्सव हो। म्हपुजाको अर्थ “आफ्नो पुजा गर्नु” हो र यसले आफू भित्र रहेको आत्माको पुजा गर्नुलाई जनाउँछ। प्याजी रङ्गको चयन गर्नुको कारण आत्महत्या निवारणलाई जनाउने प्याजी र निलो हरियो रिब्बन हो।
यो कार्यक्रमसँग सम्बन्धित अभियानहरुलाई म्हम्ह अभियान भनिनेछ, जुन : मानसिक स्वास्थ्य सबैका लागी को संक्षिप्त रुप पनि हो।
म्हम्हा सर्भाईभर्स नेपालद्वारा संचालित गैर नाफा मूलक सार्वजनिक सेवा हो।
यो परियोजनालाई अस्ट्रेलिएन राजदूतावासले डाइरेक्ट एड प्रोग्राम मार्फत सहयोग गरेको छ ।
यो वेबसाईट अस्ट्रेलीयाली मानसिक स्वास्थ्य पोर्टल बियोन्डब्लयु ( www.beyondblue.org.au) प्रति आभारित छ। बियोन्डब्लुले मानसिक स्वास्थ्यको समस्याहरु भोगेका अस्ट्रेलियाली नागरीकहरुलाई सहायता प्रदान गर्दै आएको छ।
सबैका लागी मानसिक स्वास्थ्य को वेबसाईट अझै पनि बन्ने क्रममा छ र आगामी महिनाहरुमा यो विस्तार हुँदै जान्छ। यो पुरा भएपछि सर्भाइभर्स नेपालले वेबसाईटको सामाग्री र तिनको प्रभावकारीताको को बारेमा स्वतन्त्र पुनरावलोकन गर्नको निम्ति बाहिय मद्दत माग्नेछ, ताकी नेपालीहरुको आवश्क्तालाई पुरा गर्न र सम्भावित जानकारीको स्रोतको रुपमा काम गरी सामूदायिक शिक्षा र सहयोग प्रदान गर्न यो सक्षम बन्न सकोस्।
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- AnonymousNeurosis is a living hell for those who suffer from it since it creates an entropy of chaos and order in our mental faculties. An individual seems normal from the outside, but his/her daily life is affected in an unprecedented way.
-- SAURAVMental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,
-- MHA